Preservação das escrituras
A Palavra de Deus permanece para sempre. As Escrituras foram preservadas por Deus ao longo dos milênios para instrução, consolação e guia de todas as gerações.
A Palavra eterna
Céus e terra passarão, mas as palavras de Deus jamais passarão. Sua Palavra é eterna, infalível e imutável — a verdade que sustenta tudo.
आकाश र पृथ्वी नष्ट भएर जानेछन्, तर मेरा वचनहरू कहिले पनि नष्ट हुनेछैनन्।
म तिमीहरूलाई साँच्चै भन्दछु, जबसम्म आकाश र पृथ्वी बितेर जाँदैनन्, तबसम्म व्यवस्थाबाट एउटा सानो अक्षर अथवा बिन्दुसम्म पनि सबै पूरा नभई कुनै रीतिले बित्नेछैन।
घाँस ओइलाउँछ र फूल झरिहाल्छ,
तर हाम्रा परमेश्वरको वचन सदासर्वदा रहिरहन्छ।"
पवित्र धर्मशास्त्रले भन्दछ:
"सबै मानिसहरू घाँसझैँ छन्,
र तिनीहरूका सम्पूर्ण महिमा मैदानका फूलझैँ छन्,
घाँस ओइलाउँछ र फूल झरिहाल्छ,
तर प्रभुको वचन सदासर्वदा रहिरहन्छ।"
अनि यही वचन नै तिमीहरूलाई प्रचार गरिएको थियो।
किनकि परमेश्वरको जीवित र रहिरहने वचन, नाशवान् होइन, तर अविनाशी बिउद्वारा तिमीहरूको नयाँ जन्म भएको छ। पवित्र धर्मशास्त्रले भन्दछ:
"सबै मानिसहरू घाँसझैँ छन्,
र तिनीहरूका सम्पूर्ण महिमा मैदानका फूलझैँ छन्,
घाँस ओइलाउँछ र फूल झरिहाल्छ,
तर प्रभुको वचन सदासर्वदा रहिरहन्छ।"
अनि यही वचन नै तिमीहरूलाई प्रचार गरिएको थियो।
A inspiração divina
Toda Escritura é inspirada por Deus. Homens santos falaram da parte do Senhor, e a Palavra escrita é a expressão fiel da vontade divina.
मुख्य कुरा, तिमीहरूले यो बुझ्नुपर्दछ, कि पवित्र धर्मशास्त्रमा भएका अगमवाणीहरू अगमवक्ताहरूका आफ्नै व्याख्याबाट आएका होइनन्; किनकि अगमवाणीको सुरु मानिसको इच्छाबाट भएको होइन, तर पवित्र आत्माले अगुवाइ गर्नुभएर मानिसहरूले परमेश्वरका तर्फबाट बोलेका हुन्।
परमेश्वरको अन्तिम वचन: उहाँको पुत्र
बितेका समयमा परमेश्वर हाम्रा पुर्खाहरूसँग धेरै पटक विभिन्न प्रकारले अगमवक्ताहरूद्वारा बोल्नुभयो; तर यी अन्तिम दिनहरूमा चाहिँ उहाँ आफ्नो पुत्रद्वारा हामीसँग बोल्नुभएको छ। पुत्रलाई नै उहाँले सबै कुराहरूको उत्तराधिकारी बनाउनुभएको हो, जसद्वारा उहाँले समस्त विश्वलाई पनि बनाउनुभयो। पुत्रचाहिँ परमेश्वरको महिमाको चमक र उहाँ परमेश्वरकै स्वभावको दुरुस्त प्रतिरूप हुनुहुन्छ, र उहाँले आफ्नो शक्तिशाली वचनद्वारा सबै थोकहरू सम्हाल्नुहुन्छ। उहाँले पापहरूका लागि शुद्धीकरणको प्रबन्ध मिलाउनुभयो, र उहाँ स्वर्गमा महामहिमको दाहिने हातपट्टि विराजमान हुनुभयो।
वचन देहधारी हुनुभयो, र हाम्रा बीचमा बास गर्नुभयो। हामीले उहाँको महिमा देखेका छौँ, अर्थात् पिताबाट आउनुभएको अद्वितीय पुत्रको महिमा, जो अनुग्रह र सत्यताले पूर्ण हुनुहुन्छ।
म जान्दछु, परमेश्वरले जे गर्नुहुन्छ, त्यो सदासर्वदा रहिरहन्छ; त्यसमा केही थप्न वा घटाउन सकिँदैन। मानिसहरूले उहाँको भय मानून् भनेर परमेश्वरले यसो गर्नुहुन्छ।
A Palavra como guia e tesouro
A Palavra de Deus é lâmpada para os pés, espada do Espírito e tesouro para o coração. Guardá-la e meditá-la nos protege do pecado.
तपाईंको विरुद्धमा पाप नगरूँ भनेर,
तपाईंको वचनलाई मैले मेरो हृदयमा लुकाइराखेको छु।
आकाशले परमेश्वरको महिमाको वर्णन गर्दछ;
अन्तरिक्ष मण्डलले उहाँका हातका कामहरू प्रकट गर्दछन्।
हरेक दिनले अर्को दिनसँग परमेश्वरको महिमाको चर्चा गर्दछ;
हरेक रातले अर्को रातलाई उहाँका ज्ञानको प्रदर्शन गर्दछ।
तिनीहरू बोल्दैनन्, न त तिनीहरूको बोल्ने शब्दहरू नै छन्;
तिनीहरूबाट कुनै सोर सुनिँदैन।
तरै पनि तिनीहरूका सोर सारा पृथ्वीभरि पुग्दछ;
तिनीहरूका आवाज संसारको अन्त्यसम्म पुगेका छन्।
परमेश्वरले आकाशमा सूर्यको निम्ति एउटा वासस्थान बनाउनुभएको छ।
जुनचाहिँ विवाह-मण्डपबाट निस्केको दुलहाझैँ छ,
दौडमा दौडिने धावकको विजयमा झैँ रमाउँछ।
त्यो आकाशको एक कुनाबाट उदाउँछ,
र अर्को कुनासम्म चक्कर लगाउँछ;
त्यसको तापबाट कुनै कुरो लुकिरहन सक्दैन।
याहवेहका व्यवस्थाहरू सिद्ध छन्,
प्राणलाई ताजा गराउने,
याहवेहका कानुनहरू विश्वासयोग्य छन्;
सोझा व्यक्तिलाई बुद्धिमान् तुल्याउने।
याहवेहका नियमहरू ठिक छन्,
हृदयलाई आनन्दित गराउने,
याहवेहका आज्ञाहरू उज्ज्वल छन्,
आँखालाई ज्योति दिने।
याहवेहका वचनहरू खोटरहित छन्,
ती भट्टीमा सातपल्ट खारेर शुद्ध पारिएका चाँदीजस्तै छन्।
हे याहवेह, तपाईंले खाँचोमा परेकाहरूलाई रक्षा गर्नुहुनेछ,
र दुष्टहरूबाट हामीलाई सधैँ सुरक्षित राख्नुहुनेछ,
तर धर्मशास्त्रले के भन्छ? "वचन तिम्रो नजिक छ; तिम्रो मुखैमा छ, र तिम्रो हृदयमा छ," अर्थात् त्यही विश्वासको वचन, जसलाई हामी घोषणा गर्दैछौँ।
यसैले विश्वास वचनको सुनुवाइबाट आउँछ, र सुनुवाइ ख्रीष्टको वचन प्रचारद्वारा आउँछ। तर म सोध्छु: के इस्राएलीहरूले सन्देश सुनेका छैनन्? निश्चय नै तिनीहरूले सुनेका छन्:
"तिनीहरूका आवाज सारा पृथ्वीमा पुगेको छ,
तिनीहरूका प्रचार संसारको अन्त्यसम्म पुगेको छ।"
किनकि विगतमा जे लेखिए, त्यो हामीलाई शिक्षाका निम्ति लेखिएका थिए, ताकि हामीले धर्मशास्त्रहरूमा सिकाइएको धैर्यता र प्रोत्साहनको कारणले आशा प्राप्त गर्न सकौँ।
आज मैले तिमीहरूलाई दिएका यी आज्ञाहरू आफ्ना हृदयभित्र राखिराख। यी तिमीहरूका छोराछोरीहरूलाई सिकाओ। तिमीहरू घरमा बस्दा, बाटोमा हिँड्दा, ढल्कँदा र उठ्दा यसको बारेमा चर्चा गर। यी आज्ञाहरूलाई तिमीहरूका हातमा र निधारमा चिन्हको रूपमा बाँधिराख। यी आज्ञाहरूलाई तिमीहरूका घरको ढोकाको चौकसमा र मूलढोकाहरूमा लेखिराख।
अनि सबै समझभन्दा बाहिरको ख्रीष्टको प्रेम जान्न सक, ताकि परमेश्वरको सारा पूर्णताको नापसम्म तिमीहरू भरिपूर्ण हुन सक।
यो असल हो र हाम्रा मुक्तिदाता परमेश्वरलाई प्रसन्न तुल्याउँछ। उहाँ सबै मानिसहरूले उद्धार पाऊन् र सत्यताको ज्ञानमा आऊन् भन्ने चाहनुहुन्छ।