Proximidade
Deus é próximo dos que o buscam. Ele não é um Deus distante, mas presente, íntimo e acessível a todo o que o invoca com sinceridade de coração.
Buscar a presença de Deus
A Bíblia nos exorta a buscar a face do Senhor continuamente. Quem se aproxima dele encontra plenitude de alegria e delícias perpétuas.
याहवेह र उहाँको शक्तिलाई हेर;
उहाँको मुहारको निरन्तर खोजी गर!
याहवेह र उहाँको शक्तिलाई हेर;
उहाँको मुहारको निरन्तर खोजी गर।
जबसम्म याहवेहलाई पाउन सक्छौ, तबसम्म उहाँलाई खोज!
उहाँ नजिक हुनुहुँदा नै उहाँलाई पुकार!
याहवेहसँग म एउटै कुरा माग्दछु,
म त्यसैको मात्र खोजी गर्दछु:
कि म आजीवन याहवेहको भवनमा रहन पाऊँ,
उहाँको सुन्दरता हेर्न पाऊँ,
र याहवेहको भवनमा उहाँलाई खोजी गर्न पाऊँ।
तपाईंको मन्दिरको चोकमा एक दिन
अरू ठाउँको हजार दिनभन्दा उत्तम छ;
दुष्टहरूका पालहरूमा बस्नुभन्दा त,
बरु मेरा परमेश्वरको भवनको ढोके हुन मलाई मन पर्छ,
जीवनका मार्गहरू तपाईंले मलाई थाहा गराउनुभएको छ;
आफ्नो उपस्थितिमा तपाईंले मभित्र आनन्द भरिदिनुहुनेछ।
तपाईंको दाहिने बाहुलीमा अनन्तको आनन्द छ।
Deus está perto
O Senhor está perto dos que o invocam, dos quebrantados de coração e dos que clamam por socorro. Sua presença nos sustenta.
धर्मी जनहरूले पुकार गर्दछन्, याहवेहले तिनीहरूको पुकार सुन्नुहुन्छ;
तिनीहरूका सबै सङ्कष्टबाट तिनीहरूलाई उद्धार गर्नुहुन्छ।
याहवेह हृदय टुटेकाहरू सबैका नजिक हुनुहुन्छ,
र आत्मामा पिसिएकाहरूलाई उहाँले बचाउनुहुन्छ।
तिमीहरूको नम्रता सबै मानिसहरूलाई थाहा होस्। प्रभुको आगमन नजिकै छ।
तर तिमीहरू, जो ख्रीष्ट येशूमा बितेको एक समयमा टाढा थियौ, अहिले ख्रीष्टको रगतद्वारा नजिक पारिएका छौ।
निश्चय नै तपाईंको भलाइ र प्रेम
मेरो जीवनभरि हरेक दिन मेरो पछि लाग्नेछन्,
र म सधैँभरि
याहवेहको भवनमा बास गर्नेछु।
A presença que nunca abandona
Deus promete nunca nos deixar. Ele permanece fiel, está conosco em todo tempo e envia o Espírito para habitar em nossos corações.
म तिमीहरूलाई टुहुरा छोड्नेछैनँ। म तिमीहरूकहाँ आउनेछु।
याहवेह हाम्रा परमेश्वर हाम्रा पितापुर्खाहरूसित रहनुभएझैँ हामीसित पनि रहून्। उहाँले हामीलाई कहिल्यै नछोडून्, र हामीलाई नत्यागून्।
तर तपाईंको महान् कृपामा तपाईंले तिनीहरूलाई नाश गर्नुभएन, अथवा त्याग्नुभएन; किनकि तपाईं अनुग्रही र कृपालु परमेश्वर हुनुहुन्छ।
अब शान्तिका प्रभु आफैँले हर समय र हरेक किसिमले तिमीहरूलाई शान्ति देऊन्। प्रभु तिमीहरू सबैसित रहिरहून्।
अन्त्यमा हे दाजुभाइ-दिदीबहिनीहरू हो, आनन्दित होओ! पूर्ण पुनर्स्थापनाको लागि प्रयास गर; एक-अर्कालाई उत्साह देओ, एकै मनका होओ र शान्तिमा जीवन बिताओ। प्रेम र शान्तिका परमेश्वर तिमीहरूसित हुनुहुनेछ।
हामी उहाँमा जिउँछौँ, र उहाँ हामीमा जिउनुहुन्छ भनी हामी जान्दछौँ; किनकि उहाँले हामीलाई आफ्नो पवित्र आत्मा दिनुभएको छ।
परमेश्वरलाई कसैले कहिल्यै देखेको छैन; तर परमेश्वरको अद्वितीय पुत्रले मात्र देख्नुभएको छ, जो पिताको साथमा हुनुहुन्छ, र उहाँले नै पितालाई प्रकट गराउनुभएको छ।
मोशा त्यहाँ रोटी नखाई र पानी नपिई याहवेहसित चालीस दिन र चालीस रातसम्म रहे। तिनले ती साक्षी पाटीहरूमा त्यस करारका वचन अर्थात् दश आज्ञाहरू लेखे।
त्यहाँ भएका बिरामीहरूलाई निको पार, र तिनीहरूलाई ‘परमेश्वरको राज्य तिमीहरूका नजिकै आइपुगेको छ’ भन।
परमेश्वरका आत्मा ओदेदका छोरा अजर्याहमाथि आउनुभयो। तिनी आसालाई भेट्न निस्के, र तिनलाई भने, "हे आसा, सारा यहूदा र बेन्यामीन, मेरो कुरा सुन। जबसम्म तिमीहरू याहवेहको साथमा रहन्छौ, तबसम्म उहाँ तिमीहरूसित रहनुहुन्छ। यदि तिमीहरूले उहाँलाई खोजी गर्यौ भने तिमीहरूले उहाँलाई भेट्टाउनेछौ। तर यदि तिमीहरूले उहाँलाई त्याग्यौ भने उहाँले तिमीहरूलाई त्याग्नुहुनेछ। धेरै दिनसम्म इस्राएल सत्य परमेश्वरविना, सिकाउने पुजारीविना र व्यवस्थाविना थियो। तर जब तिनीहरू आफ्नो सङ्कष्टमा याहवेह, इस्राएलका परमेश्वरकहाँ फर्के, र उहाँलाई खोजी गरे, तब उहाँ तिनीहरूद्वारा भेट्टाइनुभयो। ती दिनहरूमा यात्रा गर्न सुरक्षित थिएन; किनकि सबै राष्ट्रका देशवासीहरू ठूलो समस्यामा थिए। परमेश्वरले तिनीहरूलाई हरेक किसिमको समस्याले सताउनुभएको थियो। एउटा जातिले अर्को जातिलाई र एउटा सहरले अर्को सहरलाई दमन गरिरहेको थियो। तर तिमीहरूचाहिँ बलियो होओ, र आफ्नो आशा नछोड; किनकि तिमीहरूले आफ्ना कामको प्रतिफल पाउनेछौ।"
आसाले यी कुरा र अगमवक्ता ओदेदका छोरा अजर्याहका भविष्यवाणी सुनेपछि साहस पाए। तिनले सम्पूर्ण यहूदा र बेन्यामीनबाट, साथै तिनले एफ्राइमको पहाडी मुलुकबाट कब्जा गरेका सहरहरूबाट घिनलाग्दा मूर्तिहरू हटाइदिए। तिनले याहवेहको मन्दिरको दलानको अगिल्तिर भएको वेदी मर्मत गरे।
त्यसपछि तिनले सबै यहूदा र बेन्यामीन, एफ्राइमका मानिसहरू, साथै तिनीहरूसित बसोबास गर्ने मनश्शे र शिमियोनका मानिसहरूलाई भेला गरे। किनकि याहवेह तिनका परमेश्वर तिनीसित हुनुहुन्छ भनी तिनीहरूले देखेर इस्राएलबाट ठूलो संख्यामा तिनीहरू उनीकहाँ आएका थिए।
तिनीहरू आसाको शासनकालको पन्ध्रौँ वर्षको तेस्रो महिनामा यरूशलेममा भेला भए। त्यस बेला तिनीहरूले याहवेहकहाँ तिनीहरूले लुटेर ल्याएका मालहरूबाट सात सय गोरु र सात हजार भेडाबाख्रा बलिदान चढाए। तिनीहरू आफ्ना सम्पूर्ण हृदय र प्राणले याहवेह तिनीहरूका पुर्खाहरूका परमेश्वरलाई खोजी गर्न भनी करार बाँधे। याहवेह, इस्राएलका परमेश्वरलाई खोजी नगर्ने सबै ठूला र साना, पुरुष र स्त्रीलाई मारिने निर्णय भयो। तुरही र नरसिङ्गाको साथमा ठूलो सोरले चिच्याएर याहवेहकहाँ जयध्वनिसाथ तिनीहरूले शपथ खाए। तिनीहरूले सम्पूर्ण हृदयले शपथ खाएका हुनाले त्यस शपथको विषयमा सारा यहूदा रमाए। तिनीहरूले परमेश्वरलाई पूर्ण हृदयसाथ खोजी गरेका थिए; अनि तिनीहरूले उहाँलाई भेट्टाए। यसकारण याहवेहले तिनीहरूलाई चारैतिरबाट विश्राम दिनुभयो।
राजा आसाले आफ्नी हजुरआमा माकालाई राजमाताको पदबाट हटाइदिए; किनकि उनले अशेराको घिनलाग्दो मूर्ति बनाएकी थिइन्। आसाले त्यस मूर्तिलाई काटेर ढालिदिए; र त्यसलाई टुक्रा-टुक्रा पारेर किद्रोन खोल्सामा जलाइदिए। तिनले इस्राएलबाट अल्गा देवस्थानहरू नहटाए तापनि आसाको हृदय आफ्नो जीवनभरि नै याहवेहप्रति सम्पूर्ण रूपले अर्पित थियो। तिनले परमेश्वरको मन्दिरमा आफ्ना पिताले अर्पण गरेका थोकहरू र आफैँले अर्पण गरेका चाँदी, सुन र अरू सामग्रीहरू ल्याए।
आसाको शासनकालको पैँतीसौँ वर्षसम्म कुनै युद्ध भएन।