Redentor
Deus é o nosso Redentor. Ele nos resgatou da escravidão do pecado, nos libertou das cadeias e nos comprou com preço altíssimo — o sangue de seu Filho.
Liberdade em Cristo
Cristo nos libertou para a liberdade. Aquele a quem o Filho liberta é verdadeiramente livre. O Redentor quebra toda cadeia.
त्यसकारण पुत्रले स्वतन्त्र तुल्याए भने तिमीहरू साँच्चै स्वतन्त्र हुनेछौ।
ख्रीष्टमा स्वतन्त्रता
स्वतन्त्रताको निम्ति ख्रीष्टले हामीलाई स्वतन्त्र तुल्याउनुभएको छ। यसकारण स्थिर भएर खडा होओ, र दासत्वको जुवाद्वारा आफूलाई फेरि बोझमा नपार।
याहवेहको निगाहको वर्ष
प्रभु याहवेहको आत्मा ममाथि छ;
किनकि गरिबहरूलाई सुसमाचार सुनाउनका निम्ति
याहवेहले मलाई अभिषेक गर्नुभएको छ।
उहाँले मलाई टुटेका हृदयहरूलाई जोड्न,
कैदमा परेकाहरूलाई स्वतन्त्रताको घोषणा गर्न,
र बन्धनमा परेकाहरूलाई अन्धकारबाट मुक्त गर्न,
पवित्र आत्माद्वारा नियन्त्रित जीवन
यसकारण अब ख्रीष्ट येशूमा हुनेहरूका लागि दण्डको कुनै आज्ञा छैन। किनकि जीवन दिनुहुने परमेश्वरको आत्माको व्यवस्थाले ख्रीष्ट येशूद्वारा तिमीलाई पाप र मृत्युको व्यवस्थाबाट स्वतन्त्र गरिदिएको छ।
Redenção e salvação
Deus nos redimiu por amor. Ele apagou nossas transgressões e nos salvou não por mérito nosso, mas por sua misericórdia.
मैले तेरा अपराधहरूलाई बादलझैँ,
र तेरा पापहरूलाई बिहानको तुवाँलोझैँ हटाइदिएँ।
मकहाँ फर्की;
किनकि मैले तँलाई मोल तिरेर छुटाएको छु।"
तिनले एउटा पुत्र जन्माउनेछिन्, र तिमीले उहाँको नाम येशू राख्नू। किनकि उहाँले आफ्ना मानिसहरूलाई तिनीहरूका पापबाट उद्धार गर्नुहुनेछ।"
जसले हामीलाई हरेक दुष्टताबाट मोल तिरेर उद्धार गर्नलाई र सुकर्ममा जोशिलो भएको आफ्नै निम्ति एक विशेष जातिलाई शुद्ध पार्न आफ्नो प्राण दिनुभयो।
तर अहिले तिमीहरू पापबाट स्वतन्त्र भएका छौ र परमेश्वरका सेवकहरू भएका छौ। परमेश्वरका सेवकहरू हुने फाइदाले तिमीहरूलाई पवित्रतातर्फ डोर्याउँछ र यसको परिणाम अनन्त जीवन हो।
Refúgio e proteção
O Redentor é nosso refúgio e fortaleza. Ele livra os que clamam, sara os quebrantados e se alegra por nós com cântico.
हे याहवेह, मेरा शक्ति, म तपाईंलाई प्रेम गर्दछु।
याहवेह मेरो चट्टान, मेरो किल्ला र मेरा उद्धारकर्ता हुनुहुन्छ;
मेरो परमेश्वर मेरो चट्टान हुनुहुन्छ, जसमा म शरण लिन्छु,
उहाँ मेरो ढाल, मेरो मुक्तिको सिङ र मेरो उच्च गढ हुनुहुन्छ।
हे याहवेह, मैले तपाईंमा शरण लिएको छु;
मलाई कहिल्यै पनि शर्ममा पर्न नदिनुहोस्।
तपाईंको धार्मिकतामा मलाई छुटाउनुहोस्।
मेरा समयहरू तपाईंकै हातमा छन्;
मलाई खेदो गर्ने,
मेरा शत्रुहरूका हातबाट मलाई छुटाउनुहोस्!
धर्मी जनहरूले पुकार गर्दछन्, याहवेहले तिनीहरूको पुकार सुन्नुहुन्छ;
तिनीहरूका सबै सङ्कष्टबाट तिनीहरूलाई उद्धार गर्नुहुन्छ।
याहवेह हृदय टुटेकाहरू सबैका नजिक हुनुहुन्छ,
र आत्मामा पिसिएकाहरूलाई उहाँले बचाउनुहुन्छ।
धर्मी मानिसलाई धेरै विपत्तिहरू आइलाग्दछन्,
तर याहवेहले त्यसलाई ती सबै विपत्तिबाट उद्धार गर्नुहुन्छ;
हे हाम्रा उद्धारक परमेश्वर,
तपाईंको नामको महिमाको खातिर, हामीलाई सहायता गर्नुहोस्;
तपाईंको नामको खातिर हामीलाई छुटाउनुहोस्
र हाम्रा पाप क्षमा गर्नुहोस्!
मेरा ओठहरू हर्षसाथ जयजयकार गर्नेछन्,
म तपाईंको प्रशंसा गाउँछु;
किनकि मलाई तपाईंले मुक्त गर्नुभएको छ।
याहवेहलाई प्रेम गर्नेहरू सबैले दुष्टतालाई घृणा गरून्;
किनकि उहाँले आफ्ना भक्तहरूको प्राणको रक्षा गर्नुहुन्छ
र तिनीहरूलाई दुष्टहरूको हातबाट छुटाउनुहुन्छ।
हे याहवेह, मलाई
झूटो बोल्ने ओठ
र छली जिब्रोबाट बचाउनुहोस्।
Vestidos de salvação
O Redentor nos veste com roupas de salvação e manto de justiça. Ele se alegra por nós e nos cobre com seu amor.
म याहवेहमा अत्यन्त आनन्दित हुन्छु;
मेरो प्राणले मेरा परमेश्वरमा आनन्द गर्छ।
किनकि दुलहाले आफ्नो शिरलाई पुजारीले सिँगारेझैँ,
र दुलहीले आफूलाई गहनाहरूले सिँगारेझैँ,
उहाँले मलाई मुक्तिको पोशाक लगाइदिनुभएको छ,
र धार्मिकताको पोशाकले मलाई सजाउनुभएको छ।
याहवेह, तेरा परमेश्वर तँसित हुनुहुन्छ;
तँलाई बचाउने सामर्थी योद्धा हुनुहुन्छ।
उहाँ तँसँग धेरै खुशी हुनुहुनेछ;
उहाँले तँलाई आफ्नो प्रेममा कहिल्यै हप्काउनुहुनेछैन,
तर तँप्रति प्रसन्न भएर उहाँले गीत गाउनुहुनेछ।"