Repouso e férias
Deus criou o descanso como parte da vida. O sábado, o repouso e até as férias refletem a confiança de que Deus sustenta todas as coisas — mesmo quando paramos.
O descanso como ordenança
Deus descansou no sétimo dia e nos convidou a fazer o mesmo. O descanso sabático é um presente de Deus para restauração do corpo e da alma.
यसकारण परमेश्वरका जनहरूका निम्ति शब्बाथको विश्राम बाँकी नै छ; किनकि जसले परमेश्वरको विश्राममा प्रवेश गर्नेछन्, परमेश्वरले आफ्ना कामबाट विश्राम गरेझैँ तिनले पनि आफ्ना कामबाट विश्राम लिनेछन्।
"यदि तिमीहरूले आफ्ना खुट्टाहरूलाई शब्बाथ दिन उल्लङ्घन गर्नबाट,
र मेरो पवित्र दिनमा आफूखुशी गर्नबाट रोक्यौ भने,
तिमीहरूले शबाथ दिनलाई प्रसन्नता,
र याहवेहको पवित्र दिनलाई आदरणीय ठान्यौ,
र तिमीहरूले आफ्ना इच्छाअनुसार नचली, आफ्नो इच्छाअनुसार नगरी,
अथवा व्यर्थको कुरा नबोलेर त्यस दिनलाई चाहिँ आदर गर्यौ भने,
तब तिमीहरूले आफ्नो आनन्द याहवेहमा पाउनेछौ,
र म तिमीहरूलाई देशका उचाइहरूमा सवार हुन लाउनेछु;
तिमीहरूका पुर्खा याकोबको पैतृक सम्पत्ति उपभोग गर्न दिनेछु।"
म याहवेहको मुखले बोलेको हुँ।
यसकारण चाहे तिमीहरू खाओ वा पिओ अथवा जेसुकै गर, सबै कुरा परमेश्वरका महिमाको निम्ति गर।
Sono e paz
Ditar-se em paz e dormir tranquilamente é bênção do Senhor. Quem confia nele dorme sem medo e acorda renovado.
म शान्तिसँग पल्टिनेछु र निदाउनेछु;
किनकि हे याहवेह, तपाईंले मात्र
मलाई सुरक्षित राख्नुहुन्छ।
म पल्टन्छु र निदाउँछु;
म फेरि उठ्छु; किनकि याहवेहले नै मलाई सम्हाल्नुहुन्छ।
बिहानै उठ्नु,
र अबेरसम्म जागो रहनु,
अनि शोकको भोजन गर्नु व्यर्थै हुन्छ—
किनकि जसलाई उहाँले प्रेम गर्नुहुन्छ, तिनीहरूलाई उहाँले निद्रा दिनुहुन्छ।
तिमी रातको त्रासदेखि डराउनेछैनौ,
न त दिउँसो उडेर आउने काँडदेखि नै डराउनेछौ,
जब तिमी ढल्किनेछौ, तब तिमीलाई डर लाग्नेछैन,
जब तिमी ढल्किनेछौ, तिमीलाई मिठो निद्रा लाग्नेछ।
परिश्रम गर्नेको निद्रा मिठो हुन्छ;
चाहे त्यसले थोरै खाओस् वा धेरै खाओस्,
तर धनीको प्रचुर धनले गर्दा
त्यसलाई निद्रै लाग्दैन।
Descanso e segurança
No repouso, encontramos segurança. Deus guarda os justos, e mesmo no silêncio da noite, sua paz nos protege e restaura.
अनि आशा भएको कारण सुरक्षित हुनुहुनेछ;
हो, तपाईं ढुक्क हुनुहुनेछ र सुरक्षासाथ निदाउनुहुनेछ।
तपाईं आनन्दसाथ ढल्किनुहुनेछ, कसैले तपाईंलाई भयभीत पार्नेछैन;
र धेरैले तपाईंको निगाह चाहनेछन्।
धर्मको मार्गमा हिँड्नेहरू
शान्तिमा प्रवेश गर्छन्;
तिनीहरू मृत्युमा सुत्दा विश्राम पाउनेछन्।