Ressurreição
A ressurreição é o pilar da fé cristã. Se Cristo não ressuscitou, é vã a nossa fé. Mas Ele venceu a morte, e essa é a garantia da nossa própria ressurreição.
Cristo ressuscitou
O túmulo está vazio! Os anjos declararam: 'Ele não está aqui; ressuscitou!' A ressurreição de Cristo é o fato mais transformador da história.
ती स्वर्गदूतले ती स्त्रीहरूलाई भने, "नडराओ, किनकि तिमीहरू क्रूसमा टाँगिएका येशूलाई खोज्दैछौ भनी म जान्दछु। उहाँ यहाँ हुनुहुन्न: उहाँले भन्नुभएझैँ उहाँ जीवित हुनुभएको छ। आओ, र उहाँलाई राखिएको ठाउँ हेर।
तिनले भने, "छक्क नपर। तिमीहरू क्रूसमा टाँगिएका येशू नासरीलाई खोज्दैछौ। उहाँ जीवित भई उठ्नुभएको छ! उहाँ यहाँ हुनुहुन्न। उहाँलाई राखेको ठाउँ हेर।
उहाँ यहाँ हुनुहुन्न। उहाँ जीवित हुनुभएको छ! उहाँ तिमीहरूसँग गालील प्रदेशमा हुँदा उहाँले तिमीहरूलाई के भन्नुभएको थियो, सो सम्झ: ‘मानिसको पुत्र पापीहरूका हातमा सुम्पिइनु, क्रूसमा टँगाइनु र तेस्रो दिनमा फेरि जीवित भई उठ्नु आवश्यक छ।’ "
आखिरमा चिहानमा पहिले आइपुग्ने अर्का ती चेला पनि भित्र पसे, र त्यो देखेर तिनले विश्वास गरे। (तिनीहरूले उहाँ मृतकहरूबाट जीवित भएर उठ्नुपर्छ भन्ने धर्मशास्त्रको वचन अहिलेसम्म पनि बुझेकै थिएनन्।)
किनकि मैले जे वचन पाएँ, त्यसैलाई सबैभन्दा महत्त्वपूर्ण ठानी तिमीहरूलाई सुम्पिदिएँ: धर्मशास्त्रअनुसार ख्रीष्ट हाम्रा पापका निम्ति मर्नुभयो। अनि उहाँ गाडिनुभयो र धर्मशास्त्रअनुसार तेस्रो दिनमा पुनर्जीवित हुनुभयो।
Ressurreição e vida eterna
Jesus disse: 'Eu sou a ressurreição e a vida.' Quem crê nele viverá, mesmo que morra. A morte foi derrotada na cruz e no túmulo vazio.
येशूले तिनलाई भन्नुभयो, "पुनरुत्थान र जीवन म नै हुँ। ममाथि विश्वास गर्ने मर्यो भने पनि ऊ जीवित हुनेछ। जो ममाथि विश्वास गरेर बाँच्दछ, ऊ कहिल्यै मर्नेछैन। मार्था के तिमी यो विश्वास गर्छ्यौ?"
किनकि मृत्यु एक जना मानिसद्वारा आयो, त्यसरी नै मरेकाहरूको पुनरुत्थान पनि एकै जना मानिसद्वारा आयो।
किनकि हामी विश्वास गर्दछौँ, कि येशू मर्नुभयो र फेरि जीवित हुनुभयो। त्यसरी नै परमेश्वरले उहाँमा मरेकाहरूलाई पनि येशूद्वारा जीवित पार्नुहुनेछ।
ख्रीष्टको प्रेमले हामीलाई विवश पार्दछ; किनकि हामीलाई यो पक्का छ, कि सबैका निम्ति एक जना मर्नुभएको हुनाले सबै जना मरे। उहाँ सबैका निम्ति मर्नुभयो, ताकि बाँच्नेहरू अब आफ्नै लागि होइन, तर उहाँको लागि बाँचून् जो मरेर पुनर्जीवित हुनुभएको छ।
यदि हामी उहाँसँगै उहाँको मृत्युको समानतामा एक भएका छौँ भने निश्चित रूपमा उहाँसँगै उहाँको पुनरुत्थानको समानतामा पनि उहाँसँगै एक हुनेछौँ। किनकि हामी जान्दछौँ, हाम्रो पुरानो जीवन उहाँसँगै क्रूसमा टाँगियो, ताकि पापको स्वभाव नाश होस् र अब उसो हामी पापको सेवकहरू भएर बस्नु नपरोस्।
Nossa esperança futura
A ressurreição de Cristo garante nossa esperança viva. O Deus de paz trouxe dos mortos o grande Pastor das ovelhas para nossa salvação.
जीवित आशाको निम्ति परमेश्वरको स्तुति
हाम्रा प्रभु येशू ख्रीष्टका पिता र परमेश्वरलाई स्तुति होस्! उहाँको अपार कृपामा येशू ख्रीष्टको मृत्युबाट पुनरुत्थानद्वारा जीवित आशामा हामीलाई नयाँ जन्म दिनुभएको छ।
अनि यो पानीले बप्तिस्मालाई सङ्केत गर्दछ, जसले तिमीहरूलाई पनि अहिले बचाएको छ; यसले शरीरबाट मैलो निकाल्ने होइन, तर यो परमेश्वरप्रतिको स्पष्ट विवेकको प्रतिज्ञा हो। यसले तिमीहरूलाई येशू ख्रीष्टको पुनरुत्थानद्वारा बचाउँदछ;
आशिष् र अन्तिम अभिवादन
अब शान्तिका परमेश्वर, जसले अनन्तको करारको रगतद्वारा भेडाका महान् गोठाला हाम्रा प्रभु येशूलाई मरेकाबाट जीवित पार्नुभयो; उहाँले आफ्नो इच्छा पूरा गर्न तिमीहरूलाई हरेक असल थोकले सुसज्जित पारून्। येशू ख्रीष्टद्वारा उहाँलाई मनपर्ने कामहरू उहाँले हामीमा गरेका होऊन्। उहाँलाई नै सदासर्वदा महिमा होस्! आमेन।
म ख्रीष्टलाई र उहाँको पुनरुत्थानको शक्तिलाई जान्न चाहन्छु—उहाँको कष्ट भोगाइमा सहभागी हुन र उहाँको मृत्युमा उहाँजस्तै हुन चाहन्छु;
पहिलो पुनरुत्थानमा सहभागी हुनेहरू धन्य र पवित्र हुन्। तिनीहरूमाथि दोस्रो मृत्युको शक्तिले केही अधिकार गर्न सक्दैन, तर तिनीहरू परमेश्वरका र ख्रीष्टका पुजारीहरू हुनेछन्, र उहाँसित एक हजार वर्षसम्म राज्य गर्नेछन्।
अनि मैले ठूला र साना सबै मृतकहरूलाई सिंहासनको सामु उभिरहेका देखेँ, र पुस्तकहरू खोलिए। अर्को एउटा पुस्तक पनि खोलियो, जुनचाहिँ जीवनको पुस्तक हो। ती पुस्तकहरूमा लेखिएका तिनीहरूका कामका आधारमा मृतकहरूको न्याय गरियो। समुद्रले त्यससित भएका मुर्दाहरू दिइहाल्यो, र मृत्यु र पातालले पनि तिनीहरूमा भएका मुर्दाहरू दिइहाले; अनि प्रत्येकले गरेका कामअनुसार तिनीहरूलाई न्याय गरियो।
तर परमेश्वरले आजका दिनसम्म मलाई सहायता गर्नुभएको छ; त्यसकारण आज म यहाँ उभिएको छु; र साना र ठूला सबैको सामु साक्षी दिँदैछु। अगमवक्ताहरू र मोशाले हुन आउने कुराहरूका बारेमा जे भनेका थिए, त्योभन्दा बढ्ता मैले कुनै कुरा पनि भनेको छैनँ। अर्थात् ख्रीष्टले ठूलो कष्ट सहनुपर्नेछ, र मरेकाहरूबाट जीवित हुने उहाँ नै पहिलो हुनुहुनेछ; आफ्ना जनहरू र गैरयहूदीहरूलाई ज्योतिको सन्देश ल्याउनुहुनेछ।"
"हामी यरूशलेमतर्फ जाँदैछौँ; अनि मानिसको पुत्रलाई मुख्य पुजारीहरू र व्यवस्थाका शिक्षकहरूका हातमा सुम्पिइनेछ। तिनीहरूले उसलाई मृत्युको दोषी ठहराउनेछन्; अनि उसलाई गैरयहूदीहरूका हातमा गिल्ला गर्न, कोर्रा लगाउन र क्रूसमा चढाउनको लागि दिनेछन्; अनि ऊ तेस्रो दिनमा फेरि जीवित भई उठ्नेछ!"