Descansar no Senhor
Descansar no Senhor é um ato de fé. Em um mundo agitado, Deus nos convida a entregar nossas ansiedades, aquietar o coração e confiar plenamente em sua provisão e cuidado.
O convite ao descanso
Jesus convida os cansados e sobrecarregados a irem a Ele e encontrar descanso para as suas almas. O jugo dele é leve.
"हे सबै थाकेका र बोझले दबिएकाहरू हो, मकहाँ आओ, र म तिमीहरूलाई विश्राम दिनेछु। मेरो जुवा आफूमाथि राख, र मबाट सिक; किनकि म नम्र र कोमल हृदयको छु, र तिमीहरूले आफ्ना आत्माको लागि विश्राम पाउनेछौ। किनकि मेरो जुवा सजिलो र मेरो भारी हलुको छ।"
याहवेहको सामु मौन भई बस,
र धैर्यतापूर्वक उहाँको प्रतीक्षा गर;
जब मानिसहरू आफ्ना कुमार्गहरूमा सफल हुन्छन्,
तब तिनीहरूका खराब योजनाहरू सफल हुँदा झर्को नमान।
उहाँले भन्नुहुन्छ, "शान्त रहो, र म नै परमेश्वर हुँ भनी जान;
म राष्ट्रहरूको बीचमा उच्च पारिनेछु,
म पृथ्वीमा उचालिनेछु।"
हे मानिसहरू हो, हर समय उहाँमा भरोसा गर;
आफ्ना हृदय उहाँको सामु पोख;
किनकि परमेश्वर हाम्रा शरणस्थान हुनुहुन्छ।
Confiança e paz
Quem confia no Senhor encontra paz perfeita. A ansiedade perde o poder quando entregamos tudo nas mãos do Deus soberano.
जसको मन तपाईंमा अडिएको छ,
त्यसलाई तपाईंले पूरा शान्तिमा राख्नुहुन्छ;
किनकि त्यसले तपाईंमाथि भरोसा राख्छ।
प्रभु याहवेह, इस्राएलका पवित्र परमेश्वर यही भन्नुहुन्छ:
"पश्चात्ताप र विश्राममा तिमीहरूको मुक्ति छ।
मौनता र भरोसामा तिमीहरूको सामर्थ्य छ,
तर तिमीहरूले यी कुनै पनि कुरा चाहँदैनौ।
धार्मिकताको फल शान्ति हुनेछ;
अनि धार्मिकताको प्रभाव सदाको निम्ति चैन र भरोसा हुनेछ।
तर याहवेहमा आशा राख्नेहरूले
नयाँ सामर्थ्य पाउँछन्।
तिनीहरू चीलझैँ पखेटाले माथि उड्नेछन्;
तिनीहरू दगुर्ने छन्, तर पनि थाक्नेछैनन्;
तिनीहरू हिँड्नेछन्, तर बेहोस हुनेछैनन्।
तब सबै समझभन्दा माथि रहेको परमेश्वरको शान्तिले, तिमीहरूका हृदय र तिमीहरूका मनलाई ख्रीष्ट येशूमा सुरक्षित राख्नेछ।
तिमीहरूका सबै चिन्ता उहाँमाथि राख; किनकि उहाँले तिमीहरूको फिक्री गर्नुहुन्छ।
Esperar no Senhor
Esperar no Senhor renova as forças. A Bíblia nos ensina que aquietar-se diante de Deus e confiar em seu tempo é marca da maturidade espiritual.
याहवेहको प्रतीक्षा गर;
बलियो र हृदयमा साहसिलो होऊ;
र याहवेहको प्रतीक्षा गर।
मैले धीरजसाथ याहवेहको प्रतीक्षा गरेँ;
उहाँ मतिर फर्कनुभयो र मेरो पुकार सुन्नुभयो।
आफ्नो बोझ याहवेहमा राख;
र उहाँले तिमीलाई सम्हाल्नुहुनेछ।
उहाँले कहिल्यै
धर्मीहरूलाई हार्न दिनुहुनेछैन।
रिसमा पर्दा पाप नगर।
जब तिमी ओछ्यानमा पल्टन्छौ,
आफ्नो हृदयभित्र मनन गर, र शान्त रहो। सेला
याहवेहमा आशा राख्नेहरू
र उहाँको खोजी गर्नेहरूसँग उहाँ भलो हुनुहुन्छ;
याहवेहको उद्धारका निम्ति
चुपचाप प्रतीक्षा गर्नु असल कुरा हो।
A fidelidade de Deus
Deus é fiel. Seus planos são de paz e esperança. Podemos descansar sabendo que Ele guarda e sustenta quem nele confia.
किनकि जुन योजनाहरू मैले तिमीहरूको निम्ति बनाएको छु, ती म जान्दछु, याहवेह घोषणा गर्नुहुन्छ। "ती योजनाहरू तिमीहरूका उन्नतिका निम्ति हुन्, तिमीहरूको नोक्सानीको निम्ति होइनन्। तिमीहरूले आशा गरेअनुसारको असल भविष्य दिनलाई हो। तब तिमीहरू मकहाँ आउनेछौ र प्रार्थना गर्नेछौ; अनि म तिमीहरूको कुरा सुन्नेछु। जब तिमीहरूले मलाई आफ्नो सम्पूर्ण हृदयले खोज्नेछौ, तब तिमीहरूले मलाई भेट्टाउनेछौ।"
"धन्य हो त्यो मानिस, जसले याहवेहमा भरोसा राख्दछ,
जसको भरोसा उहाँमाथि हुन्छ।
तिनीहरू पानीको छेउमा रोपिएको रूखजस्तै हुनेछन्,
जसका जराहरू खोलासम्म फैलिएका हुन्छन्।
गर्मीका दिनहरू आउँदा पनि त्यसलाई डर हुँदैन;
त्यसका पातहरू सधैँभरि हरिया रहन्छन्।
खडेरीको वर्षमा त्यसलाई कुनै फिक्री हुँदैन,
र त्यसले फल फलाउन कहिल्यै छोड्दैन।"
याहवेहले जवाफ दिनुभयो, "मेरो उपस्थिति तँसित जानेछ; अनि म तँलाई विश्राम दिनेछु।"
यसकारण मैले यी कष्टहरू भोगिरहेको छु, तरै पनि म शर्माउँदिनँ। किनकि मैले कसमाथि विश्वास राखेको छु, सो म जान्दछु, र त्यस दिनसम्मको लागि मैले उहाँलाई जे सुम्पेको छु, उहाँले त्यो सुरक्षित राख्नुहुनेछ भनी म निश्चित छु।
तिनले यहूदाका मानिसहरूलाई भने, "हामी यी सहरहरू निर्माण गरौँ। साथै यिनको चारैतिर पर्खालहरू लगाएर यिनमा धरहराहरू, मूलढोकाहरू र बारहरू बनाऔँ। यो देश अझ हाम्रै हो; किनकि हामीले याहवेह हाम्रा परमेश्वरलाई खोजेका छौँ। हामीले उहाँलाई खोज्यौँ र उहाँले हामीलाई चारैतिर विश्राम दिनुभएको छ।" यसकारण तिनीहरूले निर्माण गरे, र सफलता प्राप्त गरे।
जब तिनीहरू सहरको पल्लो छेउमा पुगे, तब शमूएलले शाऊललाई भने, "त्यो सेवकलाई हाम्रो अगि जानलाई भन।" अनि त्यो सेवकले त्यसै गर्यो, "तर तिमीचाहिँ एकछिन यहीँ बस, ताकि म तिमीलाई परमेश्वरको सन्देश बताउन सकूँ।"