Sabedoria
A sabedoria é um dos temas mais ricos da Bíblia. O temor do Senhor é seu princípio, e buscá-la vale mais que ouro ou prata. Deus promete dar sabedoria generosamente a quem pedir com fé.
O princípio da sabedoria
O temor do Senhor é o início de toda sabedoria verdadeira. Quem reverencia a Deus aprende a viver com discernimento e prudência.
याहवेहको भय ज्ञानको सुरुवात हो,
तर मूर्खले चाहिँ बुद्धि र अनुशासनलाई तुच्छ ठान्दछ।
याहवेहको भय नै बुद्धिको सुरुवात हो,
र पवित्र परमेश्वरको ज्ञान नै समझशक्ति हो।
याहवेहप्रतिको श्रद्धाले नै मानिसलाई बुद्धि सिकाउँछ;
अनि सम्मान पाउनुभन्दा अगि नम्रता आउँछ।
याहवेहको भय नै बुद्धिको सुरुवात हो;
उहाँका विधिहरू पालन गर्नेहरू सबैले ठिक समझशक्ति पाउँछन्।
उहाँको प्रशंसा अनन्तसम्म भइरहनेछ।
तर बुद्धिचाहिँ कहाँ फेला पार्न सकिन्छ?
समझशक्तिको बास कहाँ छ?
मरणशील मानिसले त्यसको मूल्य बुझ्दैन;
यसलाई जीवितहरूको देशमा पाउन सकिँदैन।
महासागरले भन्छ, "त्यो बुद्धि मभित्र छैन";
समुद्रले भन्छ, "त्यो मसित छैन।"
त्यसलाई अति निखुर सुनले पनि किन्न सकिँदैन;
न त त्यसको मूल्य चाँदीमा तौलन सकिन्छ।
त्यसलाई ओपीरको सुनले समेत किन्न सकिँदैन,
बहुमूल्य रत्नहरू अथवा नीलमणि समेत पर्याप्त हुन्न।
त्यसको तुलना न सुन, न त स्फस्टिकसँग नै गर्न सकिन्छ;
न त त्यसलाई सुनको गहनाले किन्न सकिन्छ।
मुगा र बिल्लौरको त नाम नै नलिए पनि हुन्छ;
बुद्धिको मूल्य लालमणिभन्दा माथि हुन्छ।
कूश देशको पुष्पराजसँग पनि बुद्धिको तुलना गर्न सकिँदैन;
बुद्धिलाई निखुर सुनले पनि किन्न सकिँदैन।
त्यसो भए बुद्धि कहाँबाट आउँछ,
र समझशक्तिको बास कहाँ छ?
त्यसलाई त प्रत्येक जीवित प्राणीहरूका आँखाहरूबाट गुप्तमा राखिएको छ,
अनि आकाशमा उड्ने पक्षीहरूबाट पनि त्यसलाई लुकाइएको छ।
विनाश र मृत्युले भन्छन्,
"हाम्रो आफ्नै कानमा केवल यसको हल्ला मात्र पुगेको छ।"
Sabedoria como dom de Deus
A verdadeira sabedoria vem do alto. Deus a concede generosamente a quem pede com fé, sem lançar em rosto a fraqueza humana.
यदि तिमीहरूमध्ये कसैलाई बुद्धिको कमी छ भने उदार चित्तले नझर्की दिनुहुने परमेश्वरसँग मागोस्, र त्यसलाई त्यो दिइनेछ।
यदि तिमीहरूमध्ये कसैलाई बुद्धिको कमी छ भने उदार चित्तले नझर्की दिनुहुने परमेश्वरसँग मागोस्, र त्यसलाई त्यो दिइनेछ।
यदि तिमीहरूमध्ये कसैलाई बुद्धिको कमी छ भने उदार चित्तले नझर्की दिनुहुने परमेश्वरसँग मागोस्, र त्यसलाई त्यो दिइनेछ।
किनकि याहवेहले बुद्धि दिनुहुन्छ,
अनि उहाँकै मुखबाट ज्ञान र समझशक्तिका कुराहरू निस्कन्छन्।
किनकि याहवेहले बुद्धि दिनुहुन्छ,
अनि उहाँकै मुखबाट ज्ञान र समझशक्तिका कुराहरू निस्कन्छन्।
साँच्चै, तिमीले अन्तर्दृष्टिको निम्ति आह्वान गर्यौ भने,
र समझशक्तिको निम्ति जोडसित पुकार्यौ भने,
तब तिमीले याहवेहप्रति भय मान्नुको अर्थ बुझ्नेछौ,
र परमेश्वरको ज्ञान प्राप्त गर्नेछौ।"
हे मेरा पितापुर्खाहरूका परमेश्वर,
म तपाईंलाई धन्यवाद चढाउँछु र तपाईंको प्रशंसा गर्दछु:
तपाईंले मलाई बुद्धि र शक्ति दिनुभएको छ,
हामीले तपाईंसित मागेको कुरा मलाई प्रकट गरिदिनुभएको छ;
अनि तपाईंले हामीलाई राजाको सपना जान्न दिनुभएको छ।"
र भने:
"परमेश्वरको नामको प्रशंसा सदासर्वदा भइरहोस्;
बुद्धि र शक्ति उहाँकै हुन्।
ती चार जवान मानिसहरूलाई परमेश्वरले सबै किसिमका साहित्य र शिक्षाको ज्ञान र समझशक्ति दिनुभयो। अनि दानिएल सबै किसिमका दर्शन र सपनाका अर्थ खोल्न सक्ने भए।
A sabedoria do alto
A sabedoria que vem de Deus é pura, pacífica, amável, cheia de misericórdia e de bons frutos. Ela se opõe à sabedoria terrena e mundana.
तर स्वर्गबाट आउने बुद्धिचाहिँ पहिले त शुद्ध हुन्छ; अनि शान्तिप्रिय, विचारशील, आज्ञाकारी, दयालु, असल फलले भरिएको पक्षपातरहित र निश्छल हुन्छ।
तर स्वर्गबाट आउने बुद्धिचाहिँ पहिले त शुद्ध हुन्छ; अनि शान्तिप्रिय, विचारशील, आज्ञाकारी, दयालु, असल फलले भरिएको पक्षपातरहित र निश्छल हुन्छ।
तर स्वर्गबाट आउने बुद्धिचाहिँ पहिले त शुद्ध हुन्छ; अनि शान्तिप्रिय, विचारशील, आज्ञाकारी, दयालु, असल फलले भरिएको पक्षपातरहित र निश्छल हुन्छ।
तिमीहरूमध्ये को बुद्धिमान् र समझदार छ? त्यसले आफ्नो असल जीवनद्वारा र बुद्धिबाट आउने नम्रतामा काम गरेर त्यो देखाओस्।
हामी परिपक्व भएकाहरूका बीचमा बुद्धिको सन्देश प्रचार गर्छौँ, तर यस युगको बुद्धि अथवा यस युगका शासकहरूको बुद्धि होइन, जो नाश भएर जानेछ। तर हामी त परमेश्वरको लुकाएर राखिएको रहस्यमय बुद्धिबारे घोषणा गर्छौँ, जसलाई परमेश्वरले हाम्रो महिमाको लागि युगौँ भन्दा अगि नै निर्धारण गर्नुभएको थियो।
तर हामी त क्रूसमा टाँगिनुभएको ख्रीष्टको प्रचार गर्दछौँ, जो यहूदीहरूका निम्ति ठेस लाग्ने ढुङ्गा र गैरयहूदीहरूका निम्ति मूर्ख कुरा ठहरिनुभयो। तर परमेश्वरद्वारा बोलाइएकाहरू यहूदी र ग्रीक दुवैका निम्ति ख्रीष्ट परमेश्वरको शक्ति र परमेश्वरको बुद्धि हुनुहुन्छ। किनकि परमेश्वरको मूर्खता मानिसहरूको बुद्धिभन्दा श्रेष्ठ र परमेश्वरको दुर्बलता मानिसहरूको बलभन्दा धेरै शक्तिशाली हुन्छ।
तिमीहरू आफैँलाई धोका नदेओ। यदि तिमीहरूमध्ये कसैले आफूलाई यस युगको नापअनुसार बुद्धिमान् सम्झन्छ भने तिमीहरू बुद्धिमान् हुनको लागि "मूर्ख" बन्नुपर्छ।
तिमीहरू आफैँलाई धोका नदेओ। यदि तिमीहरूमध्ये कसैले आफूलाई यस युगको नापअनुसार बुद्धिमान् सम्झन्छ भने तिमीहरू बुद्धिमान् हुनको लागि "मूर्ख" बन्नुपर्छ।
मेरो उद्देश्य हो, कि तिनीहरू हृदयमा उत्साहित भई प्रेममा एक होऊन्, अर्थात् तिनीहरूसित पूर्ण समझको पूरा सम्पत्ति हुन सकोस्, ताकि परमेश्वरको रहस्य, जो ख्रीष्ट हुनुहुन्छ; उहाँलाई जान्न सकून्। उहाँमा नै बुद्धि र ज्ञानको सारा धनसम्पत्ति लुकेर रहेका छन्।
Direção e discernimento
Deus guia os humildes na justiça e ensina seu caminho aos mansos. Ele promete dirigir nossos passos quando confiamos nele de todo o coração.
तिम्रो सम्पूर्ण हृदयले याहवेहमाथि भरोसा राख
र तिम्रो आफ्नै समझशक्तिमाथि भर नपर!
आफ्ना सबै मार्गहरू उहाँलाई सुम्प,
र उहाँले तिम्रा मार्गहरू सीधा तुल्याइदिनुहुनेछ।
आफ्नै दृष्टिमा बुद्धिमान् नबन;
याहवेहको डर मान, र दुष्कर्मलाई त्याग!
म तँलाई शिक्षा दिनेछु; र तँ कुन मार्गमा हिँड्नुपर्ने हो, सो तँलाई सिकाउनेछु;
म तँलाई सल्लाह दिनेछु, र तँमाथि मेरो नजर राख्नेछु।
उहाँले नम्रहरूलाई ठिक कुरामा अगुवाइ गर्नुहुन्छ,
र तिनीहरूलाई उहाँका मार्गहरू सिकाउनुहुन्छ।
हे याहवेह, मलाई तपाईंका मार्गहरू देखाउनुहोस्;
मलाई तपाईंका मार्गहरूका शिक्षा दिनुहोस्,
मलाई तपाईंको सत्यतामा अगुवाइ गर्नुहोस् र मलाई सिकाउनुहोस्;
किनकि तपाईं मेरा मुक्तिदाता परमेश्वर हुनुहुन्छ,
अनि मेरो आशा दिनभरि नै तपाईंमा राख्दछु।
याहवेहमा आनन्दित हुने मानिसका
पाइलाहरूलाई उहाँले दह्रिलो पार्नुहुन्छ;
हरेक बिहानले मेरा निम्ति तपाईंको अचुक प्रेमको वचन ल्याओस्;
किनकि तपाईंमा नै मैले आफ्नो भरोसा राखेको छु;
म कुन मार्गमा हिँड्नुपर्ने हो, त्यो मलाई देखाउनुहोस्;
किनकि म मेरो जीवन तपाईंमा अर्पण गर्दछु।
मलाई तपाईंको इच्छा पूरा गर्न सिकाउनुहोस्;
किनकि तपाईं मेरो परमेश्वर हुनुहुन्छ।
तपाईंको असल आत्माले
मलाई समतल जमिनमा डोर्याऊन्!
हे याहवेह, आफ्ना नामको खातिर मेरो जीवनको रक्षा गर्नुहोस्;
तपाईंको धार्मिकतामा मलाई कष्टबाट छुटाउनुहोस्।
हे याहवेह, मलाई तपाईंका मार्ग सिकाउनुहोस्;
र मलाई अत्याचार गर्ने मानिसहरूको कारण,
मलाई सोझो मार्गमा अगुवाइ गर्नुहोस्।
A Palavra como fonte de sabedoria
A Palavra de Deus é lâmpada para os pés e luz para o caminho. Meditar nas Escrituras nos dá entendimento superior ao dos mestres.
तपाईंको वचन मेरा खुट्टाहरूका निम्ति बत्ती,
र मेरो बाटोका निम्ति ज्योति हो।
तपाईंको वचन मेरा खुट्टाहरूका निम्ति बत्ती,
र मेरो बाटोका निम्ति ज्योति हो।
मेरा आँखाहरू खोलिदिनुहोस्,
ताकि म तपाईंको व्यवस्थाबाट उदेकका कुराहरू देख्न सकूँ।
तपाईंका वचनहरूको अर्थ खोलिँदा ज्योति चम्कन्छ;
त्यसले सोझाहरूलाई समझशक्ति दिन्छ।
धन्य हुन् तिनीहरू,
जो दुष्टहरूको सल्लाहमा हिँड्दैनन्,
जो पापीहरूको मार्गमा खडा हुँदैनन्,
जो गिल्ला गर्नेहरूको सङ्गतमा बस्दैनन्।
तर तिनीहरू याहवेहको व्यवस्थामा नै प्रसन्न रहन्छन्,
र दिनरात उहाँकै व्यवस्थामा नै मनन गर्छन्।
तिमीहरूले पूरा बुद्धिसाथ एक-अर्कालाई सिकाउँदा र हप्काउँदा, ख्रीष्टको वचन तिमीहरूसँग प्रशस्त गरी बास गरोस्। आफ्ना हृदयमा भएका कृतज्ञतासाथ परमेश्वरको निम्ति भजन, स्तुतिगान र आत्मिकी गीतहरू गाओ।
जब तिमी हिँड्छौ, त्यसले तिमीलाई अगुवाइ गर्नेछ;
जब तिमी निदाउँछौ, त्यसले तिम्रो सुरक्षा गर्नेछ;
जब तिमी जाग्नेछौ, त्यसले तिमीलाई सल्लाह दिनेछ।
Sabedoria prática para o dia a dia
A sabedoria se aplica em cada decisão: nas finanças, nos relacionamentos, no trabalho e no uso do tempo. Vivamos como sábios, não como insensatos.
यसकारण तिमीहरू कसरी जिउनुपर्ने हो, त्यसमा होसियार होओ। निर्बुद्धि मानिसजस्तो होइन, तर बुद्धिमान्जस्तो होओ। सबै समयको पूरा सदुपयोग गर; किनकि दिनहरू खराब छन्।
यसकारण तिमीहरू कसरी जिउनुपर्ने हो, त्यसमा होसियार होओ। निर्बुद्धि मानिसजस्तो होइन, तर बुद्धिमान्जस्तो होओ। सबै समयको पूरा सदुपयोग गर; किनकि दिनहरू खराब छन्।
सल्लाह सुन, र अनुशासनलाई ग्रहण गर,
र तिम्रो जीवनभरि तिमी बुद्धिमान् हुनेछौ।
सल्लाह सुन, र अनुशासनलाई ग्रहण गर,
र तिम्रो जीवनभरि तिमी बुद्धिमान् हुनेछौ।
बुद्धि पाउनेले आफ्नै जीवनलाई प्रेम गर्छ;
समझशक्तिको कदर गर्ने व्यक्तिको फलिफाप हुन्छ।
सरसल्लाहद्वारा योजनाहरू सफल हुन्छन्;
सल्लाह नलिई युद्ध गर्न नजाओ।
निश्चय नै युद्ध गर्नलाई तिमीलाई मार्गदर्शन चाहिन्छ;
र विजय पाउनलाई धेरै सल्लाहकारहरू चाहिन्छ।
धैर्यवान् मानिसको समझशक्ति अपार हुन्छ,
तर झट्टै रिसाउनेले आफ्नो मूर्खतालाई प्रदर्शन गर्छ।
अहङ्कारले झगडा मात्र उब्जाउँछ;
तर सरसल्लाह लिनेहरूले बुद्धि पाइन्छ।
आफ्नो ओठ जोगाउनेले आफ्नो जीवन जोगाउँछ,
तर जो उत्ताउलो भई बोल्छ, त्यो नष्ट हुन्छ।
मूर्खको चाल त्यसकै लागि ठिक देखिन्छ,
तर बुद्धिमान् मानिसले अरूको सल्लाह सुन्छ।
जब अहङ्कार आउँछ, तब बदनामी पनि आउँछ;
तर नम्रतासँग बुद्धि आउँछ।
हृदयमा बुद्धिमान् हुनेहरूले आज्ञाहरू ग्रहण गर्छन्,
तर बकबके मूर्खको विनाश हुन्छ।
विवेकीको हृदयले ज्ञान प्राप्त गर्छ,
बुद्धिमान्को कानले त्यो खोजी निकाल्छ।
मूर्खले समझदारी मन पराउँदैन,
तर आफ्नै विचारमा धाक लगाउन प्रसन्न हुन्छ।
चुप लाग्ने मूर्ख पनि बुद्धिमान् ठानिन्छ,
र आफ्नो मुख बन्द राख्यो भने त्यो विवेकी मानिन्छ।
बुद्धिमान्ले सुनोस् र तिनीहरूका ज्ञान बढाऊन्;
र विवेकशील व्यक्तिलाई अगुवाइ मिलोस्—
बाहिरकाहरूसँग बुद्धिमानीपूर्वक व्यवहार गर; सबै अवसरको पूरा सदुपयोग गर। तिमीहरूको बोलीवचन सधैँ नुनजस्तो स्वादिलो र अनुग्रहपूर्ण होस्, ताकि सबैलाई कस्तो जवाफ दिनुपर्छ भनी तिमीहरूले जान्न सक।
बाहिरकाहरूसँग बुद्धिमानीपूर्वक व्यवहार गर; सबै अवसरको पूरा सदुपयोग गर। तिमीहरूको बोलीवचन सधैँ नुनजस्तो स्वादिलो र अनुग्रहपूर्ण होस्, ताकि सबैलाई कस्तो जवाफ दिनुपर्छ भनी तिमीहरूले जान्न सक।
तिमीहरू जे गर्दछौ, त्यो मानिसहरूको निम्ति काम गरेझैँ होइन, तर परमेश्वरको निम्ति गरेझैँ सम्पूर्ण हृदयले गर। किनकि तिमीहरू जान्दछौ, कि तिमीहरूले प्रभुबाट पुरस्कारस्वरूप उत्तराधिकार पाउनेछौ। वास्तवमा तिमीहरूले प्रभु ख्रीष्टकै सेवा गरिरहेका छौ।
O valor da sabedoria
A sabedoria é mais preciosa que rubis. Quem a encontra, encontra a vida e alcança o favor do Senhor. Nada se compara a ela.
त्यो मानिस धन्यको हो, जसले बुद्धि प्राप्त गर्छ,
र जसले समझशक्ति प्राप्त गर्छ,
किनकि जसले मलाई भेट्टाउँछ, त्यसले जीवन पाउँछ,
र याहवेहबाट निगाह प्राप्त गर्छ।
सुनभन्दा बुद्धि प्राप्त गर्नु,
र चाँदीभन्दा समझदारी रोज्नु कत्ति असल हो!
मानिसले हृदयमा आफ्नो योजना बनाउँछ;
तर त्यसका कदमहरू भने याहवेहले नै निर्धारण गर्नुहुन्छ।
हृदयका योजनाहरू मानिसका हुन्;
तर जिब्रोको ठिक जवाफ भने याहवेहबाट नै आउँछ।
जसरी धन एउटा आश्रय हो,
त्यसरी नै बुद्धि पनि एक आश्रय हो;
तर ज्ञानको फाइदा यही होः
बुद्धिले बुद्धिमान् मानिसलाई जोगाइराख्छ।
"बितेका दिनहरू वर्तमानभन्दा किन असल थिए?" भनी नभन।
किनकि यस्ता प्रश्नहरू गर्नु बुद्धिमानी होइन।
जुन मानिसले परमेश्वरलाई खुशी पार्दछ, त्यसलाई उहाँले बुद्धि, ज्ञान र आनन्द दिनुहुन्छ; तर पापीलाई चाहिँ उहाँले धनसम्पत्ति जम्मा गर्ने र बटुल्ने काम दिनुहुन्छ; यसरी ती कुराहरू पनि उहाँलाई खुशी पार्नेले नै प्राप्त गर्दछ। यो पनि अर्थहीन र बतासलाई खेदेजस्तो मात्र हो।
तिम्रा हातले जे काम गर्न सक्छ, त्यो आफ्नो पूरा शक्तिले गर; किनकि चिहानमा, जहाँ तिमी जान्छौ, त्यहाँ न कुनै काम, न त केही योजना; न ज्ञान, न त बुद्धि नै हुनेछ।
A sabedoria e a soberania de Deus
Os caminhos de Deus são mais altos que os nossos. Sua sabedoria é insondável, eterna e infinitamente superior ao entendimento humano.
"जसरी आकाश पृथ्वीभन्दा उच्च छ,
त्यसरी नै मेरा मार्गहरू तिमीहरूका मार्गहरूभन्दा उच्च छन्;
अनि मेरा विचारहरू तिमीहरूका विचारहरूभन्दा उच्च छन्।
"किनकि मेरा विचार तिमीहरूका विचार होइनन्,
न त मेरा मार्गहरू तिमीहरूका मार्गहरू हुन्"
याहवेह घोषणा गर्नुहुन्छ।
के तँ जान्दैनस्?
के तैँले सुनेको छैनस्?
याहवेह अनन्तका परमेश्वर हुनुहुन्छ,
सारा पृथ्वीका सृष्टिकर्ता हुनुहुन्छ।
उहाँ थाक्नुहुन्न, न त गल्नु हुन्छ,
उहाँको बुद्धि अपरम्पार छ।
के तँ जान्दैनस्?
के तैँले सुनेको छैनस्?
याहवेह अनन्तका परमेश्वर हुनुहुन्छ,
सारा पृथ्वीका सृष्टिकर्ता हुनुहुन्छ।
उहाँ थाक्नुहुन्न, न त गल्नु हुन्छ,
उहाँको बुद्धि अपरम्पार छ।
थाकेकाहरूलाई उत्साह दिने शब्द जान्नका निम्ति
प्रभु याहवेहले मलाई सिकाउने जिब्रो दिनुभएको छ।
उहाँले मलाई बिहानैपिच्छे बिउँझाउनुहुन्छ,
मेरो कानलाई सिक्नेलाई झैँ बिउँझाउनुहुन्छ।
धिक्कार तिनीहरूलाई, जो सहायता पाउनका निम्ति इजिप्टमा जान्छन्,
घोडाहरूमाथि भर पर्दछन्,
तिनीहरू आफ्ना असंख्य रथहरू
र घोडसवारहरूका सामर्थ्यमा भरोसा राख्छन्,
तर इस्राएलका पवित्र परमेश्वरतिर हेर्दैनन्;
न त याहवेहबाट सहायता खोज्छन्।
यद्यपि उहाँ पनि बुद्धिमान् हुनुहुन्छ र विपत्ति ल्याउन सक्नुहुन्छ;
उहाँले आफ्नो वचन फिर्ता लिनुहुन्न।
उहाँ दुष्ट राष्ट्रको विरुद्ध उठ्नुहुनेछ,
तिनीहरूको विरुद्ध, जसले दुष्ट काम गर्नेहरूलाई सहायता दिन्छन्।
यी सबै सेनाहरूका याहवेहबाट नै आउँदछ,
जसको योजना अचम्मका
र बुद्धि महान् छ।
याहवेहका आत्मा उहाँमा रहनुहुनेछ;
बुद्धि र समझका आत्मा,
सल्लाह र शक्तिका आत्मा,
ज्ञान र याहवेहको भयको आत्मा,
र उहाँ याहवेहको भयमा प्रसन्न हुनुहुनेछ।
उहाँले आफ्ना आँखाले देखेअनुसार न्याय गर्नुहुनेछैन,
अथवा आफ्ना कानले सुनेअनुसार निर्णय लिनुहुनेछैन;
याहवेहले तिमीहरूलाई सधैँ अगुवाइ गर्नुहुनेछ;
उहाँले सुक्खा भूमिमा पनि तिमीहरूलाई तृप्त पार्नुहुनेछ;
अनि तिमीहरूको शरीर बलिया पार्नुहुनेछ।
तिमीहरू प्रशस्त पानी सिँचेको बगैँचाझैँ,
र कहिल्यै नसुक्ने पानीको मूलझैँ हुनेछौ।
आहा! परमेश्वरको बुद्धि र ज्ञानको कति अपार धनसम्पत्ति!
उहाँका न्यायहरू कति अथाह,
र उहाँका पथहरू कति अगम छन्!
उही अद्वितीय सर्वज्ञानी परमेश्वरलाई येशू ख्रीष्टद्वारा सदासर्वदा महिमा भइरहोस्! आमेन।
हामी जान्दछौँ, परमेश्वरलाई प्रेम गर्नेहरू र उहाँका उद्देश्यअनुसार बोलाइएकाहरूका निम्ति उहाँले हरेक कुरामा भलाइ नै गर्नुहुन्छ।
हे याहवेह, तपाईंले कति धेरै जीवित प्राणीहरू बनाउनुभएको छ!
ती सबै तपाईंले आफ्ना बुद्धिले बनाउनुभएको छ;
पृथ्वी तपाईंको सृष्टिले भरिपूर्ण छ।
हाम्रा प्रभु महान् र शक्तिशाली हुनुहुन्छ;
उहाँको समझशक्तिको कुनै सीमा छैन।
तपाईंको सल्लाहले मलाई डोर्याउनुहुन्छ,
र त्यसपछि मलाई महिमामा लानुहुनेछ।
हामीलाई हाम्रा दिनहरू गन्न सिकाउनुहोस्,
ताकि हामीले बुद्धिको हृदय प्राप्त गर्न सकौँ!
धर्मीका मुखबाट बुद्धिका कुरा गर्छन्,
र त्यसको जिब्रोले न्यायको कुरा बोल्छ।
याहवेहमा आनन्दित होऊ;
र उहाँले तिम्रो हृदयका इच्छाहरू पूरा गरिदिनुहुनेछ।
हे याहवेह, तपाईंको धार्मिकतामा मलाई डोर्याउनुहोस्;
मेरा शत्रुहरूका कारण,
तपाईंको मार्ग मेरो सामु सोझो पारिदिनुहोस्।
जीवनका मार्गहरू तपाईंले मलाई थाहा गराउनुभएको छ;
आफ्नो उपस्थितिमा तपाईंले मभित्र आनन्द भरिदिनुहुनेछ।
तपाईंको दाहिने बाहुलीमा अनन्तको आनन्द छ।
तिनीहरू रुँदै-रुँदै फर्किआउनेछन्;
मैले तिनीहरूलाई फर्काएर ल्याउँदा तिनीहरूले प्रार्थना गर्नेछन्।
म तिनीहरूलाई पानीको मुहानका छेउबाट डोर्याउनेछु;
समतल बाटोबाट, जहाँ तिनीहरूले ठेस खानेछैनन्;
किनकि म इस्राएलका पिता हुँ,
र एफ्राइम मेरो जेठा छोरा हो।
हे याहवेह, म जान्दछु, मानिसको जीवन उसको आफ्नो हातमा छैन;
तिनीहरू आफैँले आफ्ना पाइलाहरूलाई निर्देशन गर्दैनन्।
तर परमेश्वरले पृथ्वी आफ्नो शक्तिद्वारा बनाउनुभयो;
उहाँले संसारलाई आफ्नो बुद्धिले स्थापित गर्नुभयो;
र उहाँले आकाशलाई आफ्नो समझशक्तिले फैलाउनुभयो।
भोलिको घमण्ड नगर;
किनकि त्यो कस्तो दिन हुनेछ, सो तिमी जान्दैनौ।
दुष्ट मानिसहरूले न्याय बुझ्दैनन्,
तर याहवेहलाई खोज्नेहरूले यसलाई सम्पूर्ण रूपले बुझ्दछन्।
अब उहाँलाई, जसले हामीभित्र काम गर्ने आफ्नो शक्तिअनुसार हामीले मागेको वा सोचेकोभन्दा ज्यादै प्रशस्त गरी गर्न सक्नुहुन्छ; उहाँलाई नै मण्डली र ख्रीष्ट येशूमा पुस्ता-पुस्तासम्म सदासर्वदा महिमा भइहोस्! आमेन।
तिमीहरूसित अब यो मेरो तेस्रोपल्ट भेटघाट हुनेछ। "प्रत्येक कुराको पुष्टि दुई वा तीन साक्षीहरूको प्रमाणद्वारा हुनुपर्छ।"
पिताले आफ्नो पुत्रलाई भनेझैँ तिमीहरूलाई भनिएका परमेश्वरको ढाडसका वचन तिमीहरूले पूरै भुलिसक्यौ?
"हे मेरा छोराछोरी, परमेश्वरको अनुशासनलाई हल्का नठान;
अनि उहाँले तिमीलाई हप्काउँदा हताश नहोऊ;
किनकि परमेश्वरले आफूले प्रेम गरेकाहरूलाई अनुशासन गर्नुहुन्छ;
अनि आफूले पुत्र भनी ग्रहण गरेकाहरूलाई उहाँले दण्ड दिनुहुन्छ।"
अन्त्यमा दाजुभाइ-दिदीबहिनीहरू हो, जे कुरा सत्य छ, जे कुरा आदरणीय छ, जे कुरा ठिक छ, जे कुरा शुद्ध छ, जे कुरा प्रेमको योग्य छ, जे कुरा सह्रानीय छ, यदि केही कुरा सर्वश्रेष्ठ र प्रशंसायोग्य छ भने यिनै कुराहरूको विचार गर।
यसकारण भोलिको निम्ति चिन्ता नगर; किनकि भोलिको चिन्ता भोलिले नै गर्छ। आजको कष्ट आजको निम्ति पर्याप्त छ।"
न्यायको समयमा दक्षिणकी रानी यस पुस्तासित खडा भएर यस पुस्तालाई दोषी ठहराउनेछिन्; किनकि तिनी सोलोमनको बुद्धि सुन्नलाई पृथ्वीको पल्लो छेउदेखि आएकी थिइन्, तर हेर सोलोमनभन्दा महान् एक जना यहाँ छन्।
"यसकारण हरेक जसले मेरा यी वचनहरू सुनेर त्यसअनुसार काम गर्दछ, त्यो त्यस बुद्धिमान् मानिसजस्तो हो, जसले आफ्नो घर चट्टानमाथि बनायो।
किनकि म तिमीहरूलाई यस्तो वचन र बुद्धि दिनेछु, तिमीहरूका विरोधीहरूमध्ये कसैले पनि त्यसलाई रोक्न अथवा काट्न सामर्थ्य हुनेछैन।
केवल मुख हेरेर न्याय गर्न छोड, र ठिक न्याय गर।"
बुद्धिद्वारा नै याहवेहले पृथ्वीको जग बसाल्नुभयो,
समझशक्तिद्वारा उहाँले स्वर्गहरूलाई ठिक ठाउँमा राख्नुभयो,
के बुढापाकाहरूका बीचमा बुद्धि पाइँदैन र?
के जीवनको दीर्घायुले समझ ल्याउँदैन र?
"बुद्धि र शक्ति परमेश्वरका हुन्;
परामर्श र समझशक्ति उहाँकै हुन्।
तब इयोबले यस्तो जवाफ दिए:
"वास्तवमा यो कुरा सत्य हो भनी म जान्दछु।
तर परमेश्वरको सामु मरणशील मानिसले आफूलाई कसरी निर्दोष साबित गर्न सक्छ र?
उहाँसँग कसैले वाद-विवाद गर्न चाह्यो भने तापनि
मानिसहरूले उहाँलाई हजारौँमा एउटाको पनि जवाफ दिन सक्दैनन्।
उहाँको बुद्धि अथाह र उहाँको शक्ति विशाल छ।
उहाँको विरोध गरेर को उम्केको छ, र हानिविना आएको छ?
हे मानव-जाति, जे असल छ, त्यो उहाँले देखाउनुभएको छ।
अनि याहवेहले तँबाट के चाहनुहुन्छ?
केवल यति मात्र, न्यायपूर्वक काम गर्नू र दयालाई प्रेम गर्नू;
अनि नम्र भएर आफ्ना परमेश्वरसित हिँड्नू।
तिनले उनीहरूलाई भने, "तिमीहरूले जे गर्छौ, त्यसलाई होसियारीसाथ विचार गर; किनकि तिमीहरूले मानिसहरूका निम्ति न्याय गरेका होइनौ, तर तिमीहरूले न्याय गर्दा तिमीहरूसित हुनुहुने याहवेहका निम्ति न्याय गरेका हुन्छौ।
तर भोलि के हुने हो, सो तिमीहरू जान्दैनौ। तिमीहरूको जीवन के हो? तिमीहरू त एकैक्षण देखा परेर लोप भइजाने तुवाँलो जस्तै हौ।