Publicidade

Provérbios 18

1 मित्रभाव नभएको मानिस स्वार्थको पछि लाग्छ;

त्यसले सबै उचित न्यायलाई चुनौती दिँदछ।

2 मूर्खले समझदारी मन पराउँदैन,

तर आफ्नै विचारमा धाक लगाउन प्रसन्‍न हुन्छ।

3 दुष्‍टता आउँदा घृणा पनि आउँछ;

र शर्मको साथमा अपमान आउँछ।

4 मानिसको मुखका वचनहरू गहिरा पानीजस्तै हुन्छन्;

तर बुद्धिको मुहानचाहिँ बग्दै गरेको खोलाजस्तै सफा हुन्छ।

5 दुष्‍टको पक्ष लिनु राम्रो होइन

अथवा निर्दोषलाई न्याय नदिनु उचित होइन।

6 मूर्खको ओठले त्यसलाई झगडामा पार्छ,

र त्यसको मुखले पिटाइ निम्त्याउँछ।

7 मूर्खको मुख नै त्यसको विनाश हो,

अनि त्यसको ओठचाहिँ आफ्नै जीवनका लागि पासो हुन्छ।

8 कुरौटेका बोलीहरू स्वादिष्‍ठ गाँसजस्तै हुन्छन्,

ती मानिसका भित्री भागहरूमा पुग्छन्।

9 आफ्नो काममा अल्छी गरिरहने व्यक्ति

सर्वनाश गर्नेको भाइ हो।

10 याहवेहको नाम किल्‍ला भएको सहरमा हो;

धर्मीहरू त्यहाँ दगुर्दै जान्छन्, र सुरक्षित रहन्छन्।

11 धनीको धन नै तिनीहरूका किल्‍ला भएको सहर हो;

तिनीहरूले त्यसलाई नाप्‍न नसकिने पर्खाल सम्झन्छन्।

12 आफ्नो पतन आउनुभन्दा अगि मानिसको हृदय घमण्डी हुन्छ,

तर सम्मानको अगि नम्रता आउँछ।

13 जसले सुन्‍न अगि नै जवाफ दिन्छ,

त्यो त्यसका निम्ति मूर्खता र शर्म हो।

14 मानिसको आत्माले त्यसलाई बिरामी अवस्थामा सम्हाल्छ,

तर टुटेको आत्मालाई कसले सहन सक्छ र?

15 विवेकीको हृदयले ज्ञान प्राप्‍त गर्छ,

बुद्धिमान्‌को कानले त्यो खोजी निकाल्छ।

16 उपहारले दाताको निम्ति बाटो खोलिदिन्छ,

र त्यसलाई महान् व्यक्तिहरूको उपस्थितिमा लैजान्छ।

17 दोस्रो व्यक्ति आएर प्रश्नहरू नगरुन्जेल,

मुद्दा हाल्ने पहिलो व्यक्ति नै ठिक देखा पर्छ।

18 चिट्ठा हालेर झगडा मिलाइन्छ,

र बलिया प्रतिद्वन्दीहरूलाई अलग राखिन्छ।

19 चित्त दुःखाएको भाइलाई मनाउनु किल्‍ला भएको सहर जित्नुभन्दा गाह्रो हुन्छ;

अनि विवादचाहिँ किल्‍लामा आग्ला लगाइएका ढोकाहरूजस्तै हुन्छन्।

20 मानिसको पेट त्यसको मुखको फलले भरिन्छ;

त्यसको ओठको कटनीद्वारा त्यो तृप्‍त हुन्छ।

21 जीवन र मृत्युको शक्ति जिब्रोमा हुन्छ;

त्यसलाई प्रेम गर्नेहरूले त्यसको फल खानेछन्।

22 पत्नी पाउनेले असल कुरा पाउँछ,

र त्यसले याहवेहबाट निगाह प्राप्‍त गर्छ।

23 गरिब मानिसले दयाको बिन्ती चढाउँछ,

तर धनी मानिसले रुखो जवाफ दिन्छ।

24 जसका साथीहरू अविश्‍वासयोग्य छन्; उसलाई उनीहरूले नोक्सानी पुर्‍याउन सक्छन्,

तर कुनै मित्रचाहिँ दाजुभाइभन्दा पनि नजिक हुन्छ।

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-15_21-32-39-