Publicidade

Provérbios 9

बुद्धि र मूर्खताको निम्तो

1 बुद्धिले आफ्नो घर बनाएको छ;

त्यसले सात वटा खाँबो काटेर गाडेको छ।

2 त्यसले मासु पकाएको छ, र दाखमद्य तयार पारेको छ,

त्यसले आफ्नो टेबुल पनि ठिक पारेको छ।

3 त्यसले आफ्नो सेवकहरूलाई बाहिर पठाएको छ,

र सहरमा सबैभन्दा अग्लो ठाउँबाट बोलाउँछ।

4 "सोझाहरू सबै मेरो घरभित्र आओ!"

ती समझ नभएकाहरूलाई त्यसले भन्छ:

5 "आओ, मसँग खाओ,

र मैले मिसाएको दाखमद्य पिओ।

6 आफ्ना सोझा चालहरू त्याग, र तिमीहरू बाँच्नेछौ।"

समझशक्तिको मार्गमा हिँड।

7 गिल्‍ला गर्नेलाई सुधार्नेले अपमान निम्त्याउँछ,

जसले दुष्‍टलाई हप्काउँछ, त्यसले दुर्व्यवहार बेहोर्नुपर्छ।

8 गिल्‍ला गर्नेलाई नहप्काऊ, नत्रता त्यसले तिमीलाई घृणा गर्नेछ;

बुद्धिमान् मानिसलाई हप्काऊ, र त्यसले तिमीलाई प्रेम गर्नेछ।

9 बुद्धिमान्‌लाई अर्ती देऊ, र ऊ अझ बुद्धिमान् हुनेछ;

धर्मी मानिसलाई शिक्षा देऊ, र उसले आफ्नो ज्ञान अझ बढाउँछ।

10 याहवेहको भय नै बुद्धिको सुरुवात हो,

र पवित्र परमेश्‍वरको ज्ञान नै समझशक्ति हो।

11 किनकि बुद्धिद्वारा नै तिमी दीर्घायु हुनेछौ,

र तिम्रो जीवनका वर्षहरू थपिनेछन्।

12 यदि तिमी बुद्धिमान् हौ भने तिमीलाई बुद्धिले इनाम दिनेछ;

यदि तिमी गिल्‍ला गर्ने हौ भने तिमीले दुःख मात्र पाउनेछौ।

13 अज्ञानी स्त्री कोलाहलपूर्ण हुन्छे;

त्यो सोझी र अज्ञानी हुन्छे।

14 त्यो आफ्नो घरको ढोकामा बस्छे,

सहरका सबैभन्दा अग्लो ठाउँमा बस्छे,

15 आफ्नो बाटो सरासर हिँडिरहेकाहरूलाई

त्यसले नजिकबाट बोलाउँछे।

16 "सोझाहरू सबै मेरो घरभित्र आओ!"

ती समझ नभएकाहरूलाई त्यसले भन्छे:

17 "चोरीको पानी मिठो हुन्छ,

गुप्‍तमा खाएको भोजन स्वादिष्‍ठ हुन्छ!"

18 तर तिनीहरूले त्यहाँ मृतकहरू छन्,

र त्यसका पाहुनाहरू गहिरा चिहानभित्र छन् भन्‍ने कुरा जान्दैनन्।

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-16_18-40-07-