Santidade
A santidade é o chamado supremo de Deus para o seu povo. 'Sede santos, porque eu sou santo' — essa ordem ressoa por toda a Escritura, convidando-nos a uma vida separada para Deus.
O chamado à santidade
Deus nos escolheu antes da fundação do mundo para sermos santos. A santificação é sua vontade expressa e nosso destino em Cristo.
तर तिमीहरूलाई बोलाउनुहुने पवित्र हुनुभएझैँ, तिमीहरू पनि तिमीहरूले गर्ने सबै कुरामा पवित्र होओ। किनकि पवित्र धर्मशास्त्रमा यसरी लेखिएको छ: "पवित्र होओ; किनकि म पवित्र छु।"
तर तिमीहरूलाई बोलाउनुहुने पवित्र हुनुभएझैँ, तिमीहरू पनि तिमीहरूले गर्ने सबै कुरामा पवित्र होओ। किनकि पवित्र धर्मशास्त्रमा यसरी लेखिएको छ: "पवित्र होओ; किनकि म पवित्र छु।"
किनकि उहाँको दृष्टिमा हामी प्रेममा पवित्र र निष्खोट हुन सकौँ भनेर उहाँले हामीलाई संसारको सृष्टिभन्दा पहिल्यै ख्रीष्टमा चुन्नुभयो।
परमेश्वरको इच्छा यही हो, कि तिमीहरू पवित्र होओ; हरेक जन पवित्र र आदरणीय भएर आफ्नो शरीरलाई नियन्त्रणमा राख्न सिक। तिमीहरू अनैतिक यौन सम्बन्धबाट अलग बस। तिमीहरू परमेश्वरलाई नचिन्नेहरूजस्ता कामुकताको कामवासनामा नबस। यस विषयमा कसैले पनि आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई खराबी नगरोस्, न त कुनै फाइदा उठाओस्। यस्ता पाप गर्ने सबैलाई हामीले पहिल्यै तिमीहरूलाई भनेझैँ र चेतावनी दिएझैँ, प्रभुले सजाय दिनुहुनेछ। किनकि परमेश्वरले हामीलाई अशुद्धताको लागि होइन, तर पवित्र जीवन जिउनको लागि बोलाउनुभएको हो।
उहाँले हामीलाई बचाउनुभएको छ, र पवित्र जीवन जिउनको लागि बोलाउनुभएको छ; हामीले गरेका कामका आधारमा होइन, तर उहाँको आफ्नै उद्देश्य र अनुग्रहको कारणले हो। यो अनुग्रह हामीलाई समयको सुरुभन्दा अगिदेखि नै ख्रीष्ट येशूमा दिइएको थियो।
O Deus santo
O Senhor é santo em toda a sua natureza. O universo testemunha sua santidade, e os anjos proclamam: Santo, Santo, Santo.
तरै पनि तपाईं पवित्र परमेश्वर, सिंहासनमा विराजमान हुनुहुन्छ;
इस्राएलले प्रशंसा गर्ने तपाईं मात्र हुनुहुन्छ।
"याहवेहझैँ पवित्र अरू कोही छैन;
तपाईंबाहेक अरू कोही छैन;
हाम्रा परमेश्वरजस्तै चट्टान अरू कोही छैन।
किनकि उच्च र सर्वश्रेष्ठ परमेश्वर भन्नुहुन्छ:
जो सदाकालको निम्ति रहनुहुन्छ, जसको नाम पवित्र होः
"म उच्च र पवित्र ठाउँमा बस्छु,
तर नम्रहरूको आत्मा
र पश्चात्तापीहरूको हृदयलाई जागृत पार्न,
आत्मामा नम्र र पश्चात्तापी भएकाहरूसित पनि बस्दछु।
यसरी म मेरो महानता र मेरो पवित्रता देखाउनेछु; अनि धेरै जातिहरूको दृष्टिमा म आफूलाई चिनाउनेछु। तब तिनीहरूले म नै याहवेह हुँ भनी जान्नेछन्।’
म मेरो महान् नामको पवित्रता देखाउनेछु, जुन जातिहरूका बीचमा अपवित्र तुल्याइएको छ, त्यो नाम जसलाई तिमीहरूले तिनीहरूका बीचमा अपवित्र पारेका छौ। जब म आफूलाई तिमीहरूद्वारा तिनीहरूकै आँखाको सामु पवित्र प्रमाणित गर्नेछु, तब जाति-जातिहरूले म नै याहवेह हुँ भनी जान्नेछन्, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।
A prática da santidade
A santidade se expressa em pensamentos puros, ações corretas e separação do pecado. É um processo contínuo de purificação e dedicação a Deus.
हरेक मानिससित मिलापमा रहने, र पवित्रतामा हुने भरमग्दूर प्रयत्न गर; किनकि पवित्रताविना कसैले प्रभुलाई देख्नेछैन।
हरेक मानिससित मिलापमा रहने, र पवित्रतामा हुने भरमग्दूर प्रयत्न गर; किनकि पवित्रताविना कसैले प्रभुलाई देख्नेछैन।
यसकारण प्रिय मित्रहरू हो, हामीहरूसित यी प्रतिज्ञाहरू भएका हुनाले परमेश्वरप्रति श्रद्धा राखेर पवित्रतालाई सिद्ध तुल्याउँदै शरीर र आत्मालाई अशुद्ध पार्ने प्रत्येक थोकदेखि आफूलाई शुद्ध राखौँ।
यसकारण प्रिय मित्रहरू हो, हामीहरूसित यी प्रतिज्ञाहरू भएका हुनाले परमेश्वरप्रति श्रद्धा राखेर पवित्रतालाई सिद्ध तुल्याउँदै शरीर र आत्मालाई अशुद्ध पार्ने प्रत्येक थोकदेखि आफूलाई शुद्ध राखौँ।
तर अहिले तिमीहरू पापबाट स्वतन्त्र भएका छौ र परमेश्वरका सेवकहरू भएका छौ। परमेश्वरका सेवकहरू हुने फाइदाले तिमीहरूलाई पवित्रतातर्फ डोर्याउँछ र यसको परिणाम अनन्त जीवन हो।
म तिमीहरूलाई तिमीहरूका मानवीय कमजोरीका कारण मानवीय दृष्टिकोणबाट यो भन्दैछु। जसरी तिमीहरूले आफ्ना शरीरका अङ्गहरूलाई अशुद्धता र सधैँ बढिरहने दुष्टताको निम्ति सेवक हुनलाई समर्पण गरेका थियौ, त्यसरी नै अहिले आफ्ना अङ्गहरूलाई पवित्रताको लागि धार्मिकताका सेवक हुनलाई समर्पण गरिदेओ।
यसकारण दाजुभाइ-दिदीबहिनीहरू हो, परमेश्वरको कृपाद्वारा म बिन्ती गर्दछु, तिमीहरूले आफ्ना शरीरलाई पवित्र र परमेश्वरलाई मनपर्दो जिउँदो बलिदानको रूपमा अर्पण गर; यही तिम्रो साँचो र व्यवस्थित आराधना हो।
दाजुभाइ-दिदीबहिनीहरू हो, म बिन्ती गर्छु, तिमीहरूका बीचमा फाटो ल्याउने र तिमीहरूले सिकेका कुराको विरुद्ध बाधा पुर्याउनेहरूसँग होसियार बस। तिनीहरूसँग टाढा बस।
तर तिमीहरूमा कुनै प्रकारको यौन अनैतिकता, अशुद्धता वा लोभको नामसम्म नलिइओस्; किनकि परमेश्वरका पवित्र जनहरूका निम्ति यी कुराहरू उचित हुँदैनन्।
तर तिमीहरूमा कुनै प्रकारको यौन अनैतिकता, अशुद्धता वा लोभको नामसम्म नलिइओस्; किनकि परमेश्वरका पवित्र जनहरूका निम्ति यी कुराहरू उचित हुँदैनन्।
तिमीहरूले आफ्नो पुरानो जीवन, जो छली चाहनाद्वारा दूषित भइरहेको छ, त्यो पहिलेको जिउने तरिकाको त्यस पुरानो स्वभावको जीवन त्याग्नुपर्छ भनी सिकेका छौ; आफ्ना मनको स्वभावमा नयाँ हुँदैजाओ; अनि नयाँ स्वभावलाई धारण गर, जो साँचो धार्मिकता र पवित्रतामा परमेश्वरजस्तै हुनलाई सृष्टि गरिएको छ।
विगतमा तिमीहरू आफ्नो दुष्ट चालको कारण परमेश्वरदेखि बिराना भएका थियौ र आफ्ना मनमा शत्रुहरू भएका थियौ। तर अब तिमीहरूलाई उहाँको दृष्टिमा पवित्र, निष्खोट र निर्दोष उपस्थित गराउन, उहाँले तिमीहरूलाई आफ्नो भौतिक शरीरको मृत्युद्वारा मिलापमा ल्याउनुभएको छ। यदि तिमीहरू आफ्नो विश्वासमा अटल र स्थिर भई रह्यौ भने; अनि तिमीहरूले आशा राखेका सुसमाचारबाट पछि हटेनौ भने यो त्यही सुसमाचार हो, जुनचाहिँ तिमीहरूले सुनेका छौ, जुन सुसमाचार स्वर्गमुनि भएका हरेक प्राणीका लागि घोषणा गरिएको छ, र म पावल त्यसैको सेवक नियुक्त भएको छु।
A Palavra que santifica
Jesus disse: 'Santifica-os na verdade; a tua palavra é a verdade.' A Bíblia é o instrumento de Deus para nos purificar e transformar.
सत्यताद्वारा तिनीहरूलाई पवित्र गर्नुहोस्; तपाईंको वचन सत्य छ।
जवान मानिसले आफ्नो चालचलन कसरी पवित्र राख्न सक्छ?
तपाईंको वचनअनुसार जीवन बिताएर नै हो।
हे परमेश्वर, मलाई जाँच्नुहोस्, र मेरो हृदयलाई चिन्नुहोस्;
मलाई खार्नुहोस् र मेरा चिन्तित विचारहरू जान्नुहोस्।
हेर्नुहोस्, मभित्र कुनै आपत्तिजनक चाल पो छ कि,
र मलाई अनन्तको मार्गमा डोर्याउनुहोस्!
ए मेरो प्राण, याहवेहको प्रशंसा गर्;
ए मेरो सारा अन्तस्करण, उहाँको पवित्र नामको प्रशंसा गर्!
Templo do Espírito Santo
Nosso corpo é templo de Deus. Devemos honrá-lo com santidade, guardando mente e coração e buscando a semelhança com Cristo.
के तिमीहरू आफैँ परमेश्वरको मन्दिर हौ र परमेश्वरको आत्मा तिमीहरूमा बास गर्नुहुन्छ भन्ने कुरा जान्दैनौ?
कोरिन्थमा भएका परमेश्वरको मण्डलीलाई, जो ख्रीष्ट येशूमा पवित्र पारिएका छन्, जो उहाँका पवित्र प्रजा हुनलाई बोलाइएका छन् र अरू हरेक ठाउँमा भएका तिनीहरू सबैसँग जसले हाम्रा प्रभु येशू ख्रीष्टको नाम पुकार्दछन्, जो हाम्रा र तिनीहरूका प्रभु हुनुहुन्छ:
तिमीहरूको एक-अर्कासँगको सम्बन्धमा ख्रीष्ट येशूको जस्तै मन होस्:
यसकारण यदि ख्रीष्टसँगको एकतामा तिमीसँग केही प्रोत्साहन, उहाँको प्रेमबाट केही सान्त्वना, पवित्र आत्मामा केही साझा भाग, केही स्नेह र सहानुभूति छ भने, एउटै मनका भएर, एउटै प्रेममा रहेर, एउटै आत्मा र लक्ष्य लिएर मेरो आनन्द पूरा गर। स्वार्थी आकांक्षा वा व्यर्थको अहङ्कारमा केही नगर, तर नम्रतामा एक-अर्कालाई आफूभन्दा श्रेष्ठ ठान। तिमीहरू हरेकले केवल आफ्नो मात्र भलाइ नखोज, तर तिमीहरू हरेकले अरूको भलाइलाई पनि विचार गर।
तिमीहरूको एक-अर्कासँगको सम्बन्धमा ख्रीष्ट येशूको जस्तै मन होस्:
उहाँ स्वभावमा परमेश्वर भएर पनि
परमेश्वरको बराबरी हुने कुरालाई पक्रिराख्ने वस्तुजस्तो ठान्नुभएन;
तर आफैँलाई रित्त्याईकन
एउटा सेवकको रूप लिएर
मानिसको प्रतिरूपमा बनिनुभयो।
अनि स्वरूपमा मानिसजस्तै भएर,
उहाँले आफैँलाई नम्र तुल्याउनुभयो,
र मृत्युसम्मै अर्थात् क्रूसको मृत्युसम्म नै
आज्ञाकारी हुनुभयो।
त्यसैकारण परमेश्वरले उहाँलाई सर्वोच्च स्थानसम्म उच्च पार्नुभयो,
र उहाँलाई एउटा नाम दिनुभयो, जो हरेक नामभन्दा उच्च छ,
यसकारणले कि स्वर्गमा, पृथ्वीमा र पृथ्वीमुनि भएका,
हरेक प्राणीले येशूको नाममा घुँडा टेक्नुपर्छ;
अनि परमेश्वर पिताको महिमाको निम्ति,
हरेक जिब्रोले येशू ख्रीष्ट नै प्रभु हुनुहुन्छ भनी स्वीकार गर्नुपर्छ।
यसैले मेरा प्रिय मित्रहरू हो, म तिमीहरूसँग हुँदा तिमीहरूले मेरा शिक्षाहरू सधैँ पालन गरेका थियौ। अहिले म तिमीहरूदेखि टाढा छु; यसैले यो अझ महत्त्वपूर्ण छ। परमेश्वरमा आज्ञाकारी भई गहिरो भक्ति र भयका साथ आफ्नो मुक्तिका परिणामहरू देखाउन कडा परिश्रम गर। किनकि तिमीहरूमा काम गर्ने परमेश्वर नै हुनुहुन्छ, जसले उहाँको आफ्नो असल उद्देश्य पूरा गर्न तिमीहरूलाई इच्छा गर्ने र काम गर्ने तुल्याउनुहुन्छ।
गनगन र वाद-विवाद नगरी सबै काम गर; ताकि तिमीहरू निर्दोष र शुद्ध भएर, "टेढो र भ्रष्ट पुस्ताको बीचमा परमेश्वरका निष्खोट सन्तान बन्न सक।" तब तिमीहरू तिनीहरूका माझ आकाशका ताराहरूझैँ चम्कनेछौ। यसैले तिमीहरूले जीवनको वचनलाई दह्रो गरी पक्रिराख, ताकि म व्यर्थमा दौडिनँ अथवा व्यर्थमा परिश्रम गरिनँ भनी ख्रीष्टको पुनरागमनमा म गर्व गर्न सकूँ। तर यदि तिमीहरूको विश्वासबाट आएको सेवा र बलिदानमा म अर्घबलिको रूपमा बलि हुनुपरे तापनि म सबैसँग खुशी र आनन्दित हुन्छु। त्यसै गरी तिमीहरू पनि मसँगै खुशी र आनन्दित हुनुपर्छ।
म प्रभु येशूमा आशा गर्दछु, यस हेतुले कि तिमोथीलाई चाँडै नै तिमीहरूकहाँ पठाउन सकूँ, ताकि म तिमीहरूको बारेमा खबर पाएर प्रसन्न हुन सकूँ। मसित तिनीजस्तो अर्को मानिस छैन, जसले तिमीहरूको भलाइ मात्र सोच्छ। किनकि सबैले आफ्नै स्वार्थ मात्र खोज्दछन्, तर येशू ख्रीष्टको इच्छा खोज्दैनन्। तर तिमोथीले आफूलाई साबित गरेको कुरा तिमीहरूलाई थाहै छ; किनकि एउटा छोराले बुबासँगै काम गरेझैँ, तिनले मसँगै सुसमाचारको काममा सेवा गरे। यसकारण मेरो परिस्थिति कस्तो हुन्छ भन्ने बुझेर, म तिनलाई चाँडोभन्दा चाँडो पठाउने आशा गर्दछु। अनि म प्रभुमा निश्चित छु, कि म आफैँ पनि चाँडै आउनेछु।
तर मेरा भाइ, सहकर्मी र सङ्गी-सिपाही इपाफ्रोडिटस, जसलाई तिमीहरूले मेरा खाँचोहरूमा वास्ता गर्नलाई पठाएका तिमीहरूका दूत पनि हुन्, तिनलाई तिमीहरूकहाँ फेरि फर्काएर पठाउन मैले आवश्यक ठानेको छु। किनकि तिनले तिमीहरू सबैको तिर्सना गरिरहेका छन्, र तिनी बिरामी छन् भनी तिमीहरूले सुनेका हुनाले तिनी दुःखित भएका छन्। वास्तवमा तिनी बिरामी भएर झण्डै मरेका थिए। तर परमेश्वरले तिनीमाथि दया गर्नुभयो। तिनीमाथि मात्रै होइन, तर ममाथि पनि दया गर्नुभयो; ताकि ममाथि शोकमाथि अझै शोक नथपियोस्। यसैकारण पनि तिनलाई पठाउन म अझ बढी उत्सुक छु, ताकि तिनलाई फेरि देखेर तिमीहरू खुशी हुन सक र मेरो पनि चिन्ता कम होस्। यसैले तिनलाई ठूलो आनन्दसाथ प्रभुमा स्वागत गर, र तिनीजस्ता मानिसहरूलाई आदर गर; किनकि तिनी ख्रीष्टको कामका निम्ति झण्डै मृत्युमा पुगेका थिए। तिनले तिमीहरू आफैँले मेरा निम्ति दिन नसकेको सेवा पूरा गर्नलाई आफ्नो जीवन जोखिममा हाले।
यसैले तिमीहरूका स्वर्गीय पिता जसरी सर्वगुणी हुनुहुन्छ, तिमीहरू पनि त्यस्तै सर्वगुणी हुनुपर्दछ!
"कसैले पनि बत्ती बालेर भाँडाले छोप्दैन, अथवा खाटमुनि राख्दैन। तर भित्र आउनेहरूले उज्यालो पाऊन् भनी उसले त्यसलाई सामदानमाथि राख्दछ।
भलाइको खोजी गर, दुष्टताको होइन,
ताकि तिमीहरू बाँचिरहो।
तब तिमीहरूले भन्ने गरेझैँ,
याहवेह सेनाहरूका परमेश्वर तिमीहरूसँग हुनुहुनेछ।
याहवेहको भय नै बुद्धिको सुरुवात हो,
र पवित्र परमेश्वरको ज्ञान नै समझशक्ति हो।
असावधानीपूर्वक केही कुरो अर्पण गरिसकेपछि मात्रै
आफ्नो भाकलबारे विचार गर्नु मानिसको लागि पासो हुनेछ।
तिमीहरू पवित्र हुनैपर्छ। किनकि म याहवेह पवित्र छु। मैले तिमीहरूलाई मेरा आफ्नै बनाउनलाई अरू जातिहरूबाट अलग पारेको छु।
तिमीहरू पवित्र हुनैपर्छ। किनकि म याहवेह पवित्र छु। मैले तिमीहरूलाई मेरा आफ्नै बनाउनलाई अरू जातिहरूबाट अलग पारेको छु।
" ‘यसकारण आफैँलाई अर्पण गरेर पवित्र होओ। किनकि म याहवेह नै तिमीहरूका परमेश्वर हुँ।
परमेश्वरको निम्ति गाओ, उहाँको नामको प्रशंसा गाओ;
बादलमा सवार हुनुहुनेलाई प्रशंसा गर;
उहाँको नाम याहवेह हो—उहाँको अगि आनन्दित होओ।
उहाँको पवित्र वासस्थानमा
परमेश्वर अनाथहरूका पिता र विधवाहरूका रक्षक हुनुहुन्छ।