Saúde
A saúde é uma bênção de Deus. A Bíblia ensina que Deus é nosso curador, que devemos cuidar do corpo como templo do Espírito e que a alegria do Senhor renova nossas forças.
Deus, o nosso curador
O Senhor é quem sara todas as nossas doenças. Ele prometeu abençoar o pão e a água e tirar as enfermidades do meio do seu povo.
याहवेह तिमीहरूका परमेश्वरलाई आराधना गर्नू, र तिमीहरूका अन्नपानीमा उहाँको आशिष् रहनेछ। म तिमीहरूका बीचबाट रोगहरू हटाइदिनेछु;
उहाँले हृदय टुटेकाहरूलाई निको पार्नुहुन्छ,
र तिनीहरूका चोटहरूमा मलमपट्टी बाँधिदिनुहुन्छ।
रोगीहरूलाई निको पार, मरेकाहरूलाई जीवित बनाओ, कुष्ठरोगीहरूलाई निको बनाओ; भूतआत्माहरू धपाओ। तिमीहरूले सित्तैँमा पायौ, सित्तैँमा देओ।
यो सुनेर येशूले भन्नुभयो, "निरोगीलाई त चिकित्सकको आवश्यकता पर्दैन, तर रोगीहरूलाई मात्र पर्छ।
O corpo como templo
Nosso corpo é templo do Espírito Santo. A Bíblia nos encoraja a cuidar da saúde física com disciplina e reverência a Deus.
के तिमीहरू जान्दैनौ, तिमीहरूका शरीर पवित्र आत्माको मन्दिर हो, उहाँ तिमीहरूभित्र बास गर्नुहुन्छ र उहाँलाई तिमीहरूले परमेश्वरबाट प्राप्त गरेका छौ? तिमीहरू आफ्नै होइनौ; किनभने तिमीहरू मोल तिरेर किनिएका हौ। यसकारण आफ्नो शरीरद्वारा परमेश्वरको आदर गर।
किनकि शारीरिक तालिम केही मूल्यको मात्र हुन्छ, तर ईश्वरभक्ति त हरकिसिमले लाभदायक हुन्छ। यो वर्तमान जीवन र आउने जीवन दुवैका निम्ति उपयोगी हुन्छ।
प्रिय मित्र, म प्रार्थना गर्दछु, जसरी तिम्रो आत्माको उन्नति भएको छ, त्यसरी नै तिमी स्वस्थ बस र सबै कुरामा तिमीलाई भलो होस्।
आफ्नै दृष्टिमा बुद्धिमान् नबन;
याहवेहको डर मान, र दुष्कर्मलाई त्याग!
यसले तिम्रो शरीरलाई स्वस्थ तुल्याउनेछ
र तिम्रा हड्डीहरूलाई पोषण दिनेछ।
A alegria que cura
O coração alegre é bom remédio. A esperança do coração traz alegria, e as palavras agradáveis são como favo de mel — doçura para a alma e saúde para o corpo.
प्रसन्न हृदय असल औषधी हो,
तर पेलिएको आत्माले हड्डीहरूलाई सुकाइदिन्छ।
मिठा वचनहरू महको चाकाजस्तै हुन्छन्,
जो प्राणको निम्ति मिठो र हड्डीलाई निको पार्ने हुन्छ।
ढिलो भएको आशाले हृदय दुर्बल पार्छ,
तर पूरा भएको चाहना जीवनको रूख हो।
यसकारण अब आफ्ना हृदयबाट चिन्ता-फिक्रीलाई पर राख,
र शरीरका कष्टहरूलाई पनि फ्याँकिदेऊ;
किनकि युवावस्था र जोश पनि अर्थहीन हुन्।