Servir
Servir é o coração do evangelho. Jesus não veio para ser servido, mas para servir. O cristão é chamado a seguir esse exemplo, colocando-se a serviço de Deus e do próximo.
O exemplo de Jesus
Cristo é o modelo supremo de serviço. Ele lavou os pés dos discípulos e deu a própria vida como resgate por muitos.
किनकि मानिसको पुत्र सेवा पाउनलाई होइन, तर सेवा गर्न र धेरैको छुटकाराको मोल स्वरूप आफ्नो प्राण दिनको लागि आएको हो।"
यसरी नै मानिसको पुत्र सेवा पाउनलाई होइन, तर सेवा गर्न र धेरैको छुटकाराको मोल स्वरूप आफ्नो प्राण दिनको लागि आएको हो।"
तिमीहरूमा चाहिँ यस्तो हुनुहुँदैन। बरु तिमीहरूमध्ये जो ठूलो हुन चाहन्छ, त्यो तिमीहरूको सेवक हुनुपर्छ। अनि तिमीहरूमध्ये जो श्रेष्ठ हुन चाहन्छ, त्यो तिमीहरूको सेवक हुनैपर्छ।
प्रभु र गुरु भएर पनि मैले तिमीहरूको खुट्टा धोएको छु भने तिमीहरूले पनि एक-अर्काको खुट्टा धुनुपर्छ।
येशू बसिरहनुभएका बेला बाह्र जनालाई बोलाएर भन्नुभयो, "यदि कोही पहिलो हुन चाहन्छ भने ऊ सबैभन्दा पछि र सबैको सेवक हुनुपर्छ।"
Servindo ao Senhor
Servir a Deus é um privilégio e uma ordenança. Devemos amá-lo de todo coração e servi-lo com alegria e fidelidade.
तर यदि याहवेहको सेवा गर्न तिमीहरूलाई इच्छा लाग्दैन भने तिमीहरूले कसको सेवा गर्ने हो, नदीपारि तिमीहरूका पितापुर्खाहरूले पुजेका देवी-देवताहरू या तिमीहरू अहिले बसिरहेका एमोरीहरूका ठाउँका देवी-देवताहरू, सो रोज। तर म र मेरो घरानाले चाहिँ याहवेहकै सेवा गर्नेछौँ।"
तर तिमीहरूले याहवेहका सेवक मोशाले दिएका आज्ञाहरू बडो होसियारीसाथ पालन गर्नू। याहवेह तिमीहरूका परमेश्वरलाई प्रेम गर्नू, उहाँमा आज्ञाकारी हुनू, उहाँको आज्ञापालन गर्नू; उहाँमा लागिरहनू। तिमीहरूका सारा हृदयले र सारा प्राणले उहाँको सेवा गर्नू।"
यसकारण हे इस्राएलीहरू हो, याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूबाट यति नै चाहनुहुन्छ, कि याहवेह तिमीहरूका परमेश्वरप्रति श्रद्धा राख्नु, उहाँका मार्गहरूमा आज्ञाकारी भई हिँड्नु, उहाँलाई प्रेम गर्नु, आफ्ना सारा हृदयले र सारा प्राणले याहवेह आफ्ना परमेश्वरको सेवा गर्नु, र मैले आज तिमीहरूकै भलाइका लागि दिइरहेका याहवेहका आज्ञाहरू र उर्दीहरू पालन गर्नु।
याहवेह तिमीहरूका परमेश्वरलाई तिमीहरूले पछ्याउनू। अनि तिमीहरूले उहाँकै आदर गर्नू; उहाँका आज्ञाहरू पालन गर्नू र आज्ञाकारी हुनू; उहाँकै सेवा गर्नू। अनि उहाँमा विश्वासयोग्य भइरहनू।
कहिल्यै अल्छे नहोओ; तर कडा मेहनत गर, र आत्मामा जोशिलो भएर प्रभुको सेवा गरिरहो।
झन् आफूलाई परमेश्वरमा अनन्त आत्माद्वारा निष्खोट अर्पण गर्नुहुने ख्रीष्टको रगतले मृत्युमा लैजाने पाप कर्महरूदेखि हाम्रा विवेकलाई कति बढी शुद्ध पार्ला ताकि हामीले जीवित परमेश्वरको सेवा गर्न सकौँ।
Servir ao próximo
A liberdade cristã nos chama a servir uns aos outros pelo amor. Cada dom recebido é para edificação do corpo de Cristo.
मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरू स्वतन्त्र हुन बोलाइएका हौ; तर तिमीहरूको स्वतन्त्रतालाई शारीरिक स्वभावका निम्ति प्रयोग नगर, बरु प्रेममा एउटाले अर्कोको नम्रतासाथ सेवा गर।
तिमीहरू स्वतन्त्र मानिसहरू भए तापनि तिमीहरू परमेश्वरका सेवकहरू हौ। त्यसैकारणले आफ्नो स्वतन्त्रतालाई दुष्टता छोप्ने आवरणको रूपमा प्रयोग नगर।
मेरो सेवा गर्नेले मलाई पछ्याउनैपर्छ। अनि म जहाँ छु, मेरो सेवक पनि त्यहाँ हुनेछ। मेरो सेवा गर्नेहरूलाई मेरा पिताले आदर गर्नुहुनेछ।
"कसैले पनि दुई मालिकको सेवा गर्न सक्दैन। कि त त्यसले एउटालाई घृणा गरेर अर्कोलाई प्रेम गर्नेछ, कि त त्यसले एउटाप्रति भक्त बनेर अर्कालाई तुच्छ ठान्नेछ। तिमीहरूले परमेश्वर र धनसम्पत्ति दुवैको सेवा गर्न सक्दैनौ।
आफ्ना शरीरका कुनै पनि अङ्गलाई दुष्टताको हतियारको रूपमा पापको निम्ति अर्पण नगर। तर मृत्युबाट जीवन पाएकाहरूझैँ, आफूलाई परमेश्वरका निम्ति अर्पण गर, र आफ्ना शरीरका सबै अङ्गहरूलाई धार्मिकताको हतियारको रूपमा अर्पण गर।
Fidelidade e recompensa
O servo fiel e sábio será recompensado pelo Senhor. A fidelidade no serviço honra a Deus e produz frutos eternos.
"त्यसका मालिकले जवाफ दिए, ‘स्याबास, असल र विश्वासी सेवक! तँ थोरै कुरामा विश्वासयोग्य भइस्। म तँलाई धेरै कुराको जिम्मा दिनेछु। आइज र आफ्ना मालिकको खुशीमा सहभागी बन्!’
यसकारण मेरा प्यारा दाजुभाइ-दिदीबहिनीहरू हो, स्थिर रहो। तिमीहरूलाई कुनै पनि कुराले विचलित नपारोस्। प्रभुको काममा सधैँ जोशिलो भएर लागिरहो; किनभने तिमीहरू जान्दछौ, कि प्रभुमा तिमीहरूको परिश्रम व्यर्थ हुँदैन।
सम्पूर्ण पवित्र धर्मशास्त्र परमेश्वरको सास-फुकाइबाट हो, र यो सिकाउन, हप्काउन, सच्याउन र धार्मिकताको तालिम दिनलाई उपयोगी हुन्छ। जसद्वारा परमेश्वरको जन हरेक सुकर्मको लागि निपुण भएर सिद्ध भएको होस्।
याहवेहमा आनन्दित हुने मानिसका
पाइलाहरूलाई उहाँले दह्रिलो पार्नुहुन्छ;
याहवेहले आफ्ना सेवकहरूलाई उद्धार गर्नुहुन्छ;
उहाँमा शरण पर्ने कोही पनि दोषी ठहरिनेछैन।