Sexo
A Bíblia trata a sexualidade como um presente de Deus para o contexto do casamento. As Escrituras celebram a intimidade conjugal e orientam sobre pureza e santidade sexual.
A sexualidade no plano de Deus
Desde a criação, Deus projetou a intimidade sexual como expressão de amor entre marido e mulher, abençoando a união conjugal.
यसकारण परमेश्वरले मानिस जातिलाई उहाँको आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो,
परमेश्वरको स्वरूपमा उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो;
पुरुष र स्त्री गरेर उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो।
परमेश्वरले तिनीहरूलाई आशिष् दिनुभयो, र आज्ञा गर्नुभयो, "फल्दै-फुल्दै, वृद्धि हुँदै पृथ्वीमा भरिँदै र त्यसलाई आफ्नो वशमा पार्दैजाओ। समुद्रका माछा, आकाशका चराहरू र जमिनमा हलचल गर्ने प्रत्येक प्राणीहरूमाथि शासन गर।"
यसैकारण मानिसले आफ्ना बुबा र आमालाई छोड्छ र आफ्नी पत्नीसित मिलिबस्छ, अनि तिनीहरू एउटै शरीर हुन्छन्।
उहाँले उत्तर दिनुभयो, "के तिमीहरूले धर्मशास्त्र पढेका छैनौ, सुरुमा सृष्टिकर्ताले ‘तिनीहरूलाई पुरुष र स्त्री बनाउनुभयो,’ अनि भन्नुभयो, ‘यसैकारण मानिसले आफ्ना बुबा र आमालाई छोड्छ र आफ्नी पत्नीसित मिलिबस्छ, अनि ती दुई एउटै शरीर हुनेछन्’? यसरी तिनीहरू अब दुई होइनन्, तर एउटै शरीर हुन्छन्। यसकारण जसलाई परमेश्वरले एकसाथ जोड्नुभएको छ, मानिसले नछुट्याओस्।"
तिम्रो मुहान धन्यको होस्;
र आफ्नो युवाअवस्थाकी पत्नीसित तिमी आनन्दित होऊ!
मायालु मृग, राम्री हरिणीजस्तै,
त्यसकै स्तनहरूले तिमीलाई सधैँ सन्तुष्ट राखून्,
तिमी सधैँ त्यसकै प्रेममा मोहित भइबस।
A santidade na intimidade
O leito conjugal é honroso. A Bíblia celebra a alegria da intimidade dentro do casamento e orienta o casal ao amor e respeito mútuo.
विवाहलाई सबैले आदरणीय मानून्, र ओछ्यान नबिटुलियोस्; किनकि परमेश्वरले व्यभिचारी र सबै अनैतिक सम्बन्धहरूको न्याय गर्नुहुन्छ।
पतिले आफ्नो पत्नीसँगको वैवाहिक कर्तव्य पूरा गरोस्। यसरी नै पत्नीले पनि पतिसँगको वैवाहिक कर्तव्य पूरा गरोस्। पत्नीको आफ्नै शरीरमाथि अधिकार हुँदैन, तर पतिको अधिकारमा हुन्छ। यसरी नै पतिको पनि आफ्नै शरीरमाथि अधिकार हुँदैन, तर पत्नीको अधिकारमा हुन्छ।
तर यदि तिनीहरूले आफूलाई वशमा राख्न सक्दैनन् भने तिनीहरूले विवाह गरून्; किनकि कामवासनामा जल्नुभन्दा त विवाह गर्नु असल हुन्छ।
के परमेश्वरले ती दुईलाई बनाउनुभएको होइन र? तिनीहरू दुवै शरीर र आत्मामा उहाँकै हुन्। अनि तिनीहरूबाट एक मात्र परमेश्वरले के खोज्नुहुन्छ र? ईश्वरभक्त सन्तानको चाहना गर्नुहुन्छ। यसकारण आफ्नो आत्मामा सचेत रहो र आफ्नो युवावस्थाकी पत्नीसित विश्वासघात नगर।
के तिमीहरूलाई थाहा छैन, तिमीहरूका शरीर ख्रीष्टका अङ्गहरू हुन्? त्यसो भए के म ख्रीष्टका अङ्गहरूलाई लिएर वेश्यासँग एक बनाउने त? कदापि हुँदैन! के तिमीहरूलाई थाहा छैन, जसले आफूलाई वेश्यासँग जोड्छ, ऊ त्यो वेश्यासँग शरीरमा पनि एक हुन्छ? किनकि यसरी लेखिएको छ, "ती दुई एउटै शरीर हुनेछन्।" तर जसले आफूलाई प्रभुसँग जोडेको हुन्छ, त्यो आत्मामा उहाँसँग एक भएको हुन्छ।
Pureza sexual
Deus nos chama à santificação e à fuga da imoralidade. O corpo do cristão é templo do Espírito Santo e deve ser tratado com honra.
तिमीहरू यौन अनैतिकताबाट अलग बस। अरू सबै पापहरू मानिसले आफ्नो शरीर बाहिर गर्छ, तर जसले यौन सम्बन्धमा पाप गर्छ, त्यसले आफ्नै शरीरको विरुद्धमा पाप गर्दछ। के तिमीहरू जान्दैनौ, तिमीहरूका शरीर पवित्र आत्माको मन्दिर हो, उहाँ तिमीहरूभित्र बास गर्नुहुन्छ र उहाँलाई तिमीहरूले परमेश्वरबाट प्राप्त गरेका छौ? तिमीहरू आफ्नै होइनौ; किनभने तिमीहरू मोल तिरेर किनिएका हौ। यसकारण आफ्नो शरीरद्वारा परमेश्वरको आदर गर।
परमेश्वरको इच्छा यही हो, कि तिमीहरू पवित्र होओ; हरेक जन पवित्र र आदरणीय भएर आफ्नो शरीरलाई नियन्त्रणमा राख्न सिक। तिमीहरू अनैतिक यौन सम्बन्धबाट अलग बस। तिमीहरू परमेश्वरलाई नचिन्नेहरूजस्ता कामुकताको कामवासनामा नबस।
तर तिमीहरूमा कुनै प्रकारको यौन अनैतिकता, अशुद्धता वा लोभको नामसम्म नलिइओस्; किनकि परमेश्वरका पवित्र जनहरूका निम्ति यी कुराहरू उचित हुँदैनन्।
तर म तिमीहरूलाई भन्दछु, जसले कुनै स्त्रीलाई कुदृष्टि लगाउँछ, उसले आफ्नो हृदयमा त्यससित व्यभिचार गरिसकेको हुन्छ।
दिनको उज्यालोमा झैँ, हामी असल चालचलनमा जिऔँ, मोजमस्तीमा र मतवालापनमा होइन, यौन अनैतिकतामा र भ्रष्ट आचरणमा होइन, झगडामा र डाहमा होइन।
तैँले व्यभिचार नगर्नू।
" ‘तिमीहरूमध्ये कसैले पनि आफ्नो नजिकको नातेदारसँग सहवास नगर्नू; म नै याहवेह हुँ।
" ‘आफ्नी आमासित सहवास गरेर आफ्ना बुबाको अपमान नगर्नू। त्यो तेरी आमा हो; त्यससित यस्तो सम्बन्ध नराख्नू।
" ‘तैँले आफ्नो बुबाको पत्नीसित सहवास नगर्नू; त्यसो गर्नाले तैँले आफ्ना बुबाको अपमान गर्छस्।
" ‘आफ्नी बहिनीसित अर्थात् आफ्ना बुबाको छोरी वा आमाकी छोरी, चाहे त्यो एउटै घरमा वा कहीँकतै जन्मेकी होस्, त्यससित सहवास नगर्नू।
" ‘आफ्नो छोराको छोरीसित अथवा आफ्नी छोरीकी छोरीसित सहवास नगर्नू; त्यसले तेरो अपमान हुनेछ।
" ‘आफ्नी सौतेनी आमापट्टिबाट तेरा बुबाद्वारा जन्मिएकी छोरीसित सहवास नगर्नू; त्यो तेरी बहिनी हो।
" ‘आफ्ना बुबाको दिदीबहिनीसित सहवास नगर्नू; त्यो तेरा बुबाका नजिकको नातेदार हो।
" ‘आफ्नी आमाकी दिदीबहिनीसित सहवास नगर्नू; किनकि त्यो तेरी आमाकी नजिकको नातेदार हो।
" ‘आफ्ना बुबाको भाइकी पत्नीकहाँ सहवासको लागि गएर काकाको अपमान नगर्नू; त्यो तेरी काकी हो।
" ‘आफ्नी बुहारीसित सहवास नगर्नू। त्यो तेरो छोराकी पत्नी हो; त्यससित यस्तो सम्बन्ध नराख्नू।
" ‘आफ्नो भाउजूसित सहवास नगर्नू; त्यसले तेरो दाजुको अपमान हुनेछ।
" ‘कुनै स्त्री र त्यसकी छोरी दुवैसित सहवास नगर्नू। त्यसका छोराकी छोरीसित अथवा त्यसकी छोरीकी छोरीसित सहवास नगर्नू; ती नजिकका नातेदार हुन्। त्यो त दुष्टता हो।
" ‘आफ्नी पत्नीको जीवनकालमा त्यसकी दिदी वा बहिनीलाई सौता ल्याएर सहवास नगर्नू।
" ‘कुनै स्त्रीको रजस्वलाको अशुद्धिमा त्यस स्त्रीकहाँ सहवासको लागि नजानू।
" ‘आफ्नो छिमेकीको पत्नीसित सहवास गरेर आफूलाई अपवित्र नबनाउनू।
" ‘आफ्ना सन्तानलाई मोलेखको निम्ति बलिदान गर्न नदिनू। किनकि तिमीहरूले आफ्ना परमेश्वरको नाम अपवित्र तुल्याउनु हुँदैन। म नै याहवेह हुँ।
" ‘स्त्रीहरूसँगझैँ पुरुषसँग सहवास नगर्नू; त्यो त घृणित कार्य हो।
" ‘कुनै पशुसित सहवास गरेर आफूलाई त्यससित अपवित्र नतुल्याउनू। कुनै स्त्रीले पनि सहवासका निम्ति पशुकहाँ नजानू; त्यो त अस्वभाविक भ्रष्टता हो।
तिनीहरूले आफू बुद्धिमान् छौँ भन्ने दाबी गरे तापनि मूर्ख नै बने। अविनाशी परमेश्वरलाई महिमा दिनुको साटो मरणशील मानिसजस्ता देखिने प्रतिमाहरू, चराचुरुङ्गी, जनावर र घस्रने जीवहरूका मूर्तिलाई महिमा दिए।
यसकारण परमेश्वरले तिनीहरूका हृदयका खराब अभिलाषाहरूलाई यौन अशुद्धतामा छोडिदिनुभयो; ताकि तिनीहरूले एक-अर्कासँग आफ्ना शरीरमा अनादर गरून्। तिनीहरूले परमेश्वरको सत्यतालाई त्यागेर झूटसँग साटे, र सृष्टिकर्ताको सट्टामा, सृष्टि गरिएका वस्तुहरूको सेवा र आराधना गरे। सृष्टिकर्ता, जो सदासर्वदा प्रशंसाको योग्य हुनुहुन्छ, आमेन!
यसैकारण परमेश्वरले तिनीहरूलाई शर्मलाग्दो कामवासनाका निम्ति छोडिदिनुभयो। तिनीहरूका स्त्रीहरूले पनि स्वभाविक शारीरिक सम्बन्धलाई अस्वभाविक सम्बन्धमा परिणत गरे। त्यसरी नै पुरुषहरूले पनि स्त्रीहरूसँगको स्वभाविक शारीरिक सम्बन्धलाई त्यागेर पुरुषहरूसँगै कामवासनाले जल्न लागे। पुरुषहरूले पुरुषहरूसँग निर्लज्ज शारीरिक सम्बन्ध राख्न लागे, र तिनीहरूले आफ्नो गल्तीको उचित दण्ड भोगे।