Sonhos
Sonhos aparecem em toda a Bíblia como meio de revelação divina. Deus falou através de sonhos a patriarcas, profetas e servos, mas também alertou contra falsos sonhadores.
Sonhos como revelação divina
Deus usou sonhos para comunicar sua vontade a homens e mulheres ao longo da história bíblica, revelando caminhos e mistérios.
तब उहाँले तिनीहरूलाई भन्नुभयो, "मेरो वचन सुन:
"यदि याहवेहका अगमवक्ता तिमीहरूसँग थिए भने,
म आफूलाई तिनीहरूसँग दर्शनहरूमा प्रकट गर्नेथिएँ;
अनि म तिनीहरूसँग सपनामा कुरा गर्नेथिएँ।
"अनि यसपछि,
म मेरो आत्मा सबै मानिसहरूमाथि खन्याउनेछु।
तिमीहरूका छोरा र छोरीहरूले अगमवाणी गर्नेछन्;
तिमीहरूका बुढापाकाहरूले सपना देख्नेछन्;
तिमीहरूका जवानहरूले दर्शनहरू देख्नेछन्।
तब पत्रुस एघार जनासँग उभिए। अनि उच्च सोरमा भीडलाई यसरी सम्बोधन गरे: "यहूदी मित्रहरू र यरूशलेममा बस्नुहुने तपाईं सबै मानिसहरू हो, तपाईंहरूसमक्ष यसको अर्थ मलाई वर्णन गर्न दिनुहोस्। अनि म जे भन्छु, त्यो ध्यानपूर्वक सुन्नुहोस्। तपाईंहरूले ठानेझैँ यी मानिसहरू मातेका छैनन्। किनकि अहिले बिहानको नौ मात्र बजेको छ! तर यो त अगमवक्ता योएलद्वारा बोलिएको कुरा नै हो:
" ‘अन्तिम दिनहरूमा यस्तो हुनेछ भनी परमेश्वर भन्नुहुन्छ,
म मेरो आत्मा सबै मानिसहरूमाथि खन्याउनेछु।
तिमीहरूका जवानहरूले दर्शनहरू देख्नेछन्;
तिमीहरूका छोरा र छोरीहरूले अगमवाणी गर्नेछन्,
तिमीहरूका बुढापाकाहरूले सपना देख्नेछन्।
ती चार जवान मानिसहरूलाई परमेश्वरले सबै किसिमका साहित्य र शिक्षाको ज्ञान र समझशक्ति दिनुभयो। अनि दानिएल सबै किसिमका दर्शन र सपनाका अर्थ खोल्न सक्ने भए।
राजाले दानिएल (जसलाई बेलतसजर पनि भनिन्थ्यो) लाई सोधे, "के तिमीले मलाई मैले सपनामा देखेको कुरा र त्यसको अर्थ भन्न सक्छौ?"
दानिएलले जवाफ दिए, "कुनै पनि बुद्धिमान् मानिस, तन्त्रमन्त्र गर्ने, जादुगर अथवा जोखना हेर्नेहरूले राजाले सोध्नुभएको रहस्यमय कुरा राजालाई बताउन सक्दैन; तर स्वर्गमा परमेश्वर हुनुहुन्छ, जसले रहस्यमय कुराहरू प्रकट गर्नुहुन्छ। उहाँले राजा नबूकदनेसरलाई आउने दिनहरूमा के कस्तो हुनेछ भन्ने कुरा देखाउनुभएको छ। तपाईं आफ्नो ओछ्यानमा ढल्किरहनुहुँदा तपाईंको मनमा आएका तपाईंको सपना र दर्शन यिनै हुन्:
Sonhos na história da Bíblia
De José no Egito a José pai de Jesus, Deus guiou a história da salvação através de sonhos, protegendo e dirigindo seu povo.
तिनीहरू दुवैले जवाफ दिए, "हामी दुवैले सपना देखेका छौँ, तर यसको अर्थ खोलिदिने कोही पनि छैन।"
तब योसेफले तिनीहरूलाई भने, "के सपनाका अर्थहरू परमेश्वरबाट खोलिने होइनन् र? मलाई तपाईंहरूका सपनाहरू भन्नुहोस्।"
फारोले योसेफलाई भने, "मैले एउटा सपना देखेको छु, तर कसैले पनि त्यसको अर्थ खोल्न सकेनन्। तिमीले सपना सुनेपछि त्यसको अर्थ खोल्न सक्छौ भन्ने मैले सुनेको छु।"
योसेफले फारोलाई जवाफ दिए, "यसो गर्न मेरो शक्तिभन्दा बाहिरको कुरा हो," "तर परमेश्वरले नै फारोलाई उहाँले चाहे अनुसारको जवाफ दिनुहुनेछ।"
तर ती दिनहरूमा योसेफले यस्तो विचार गरेपछि प्रभुका एउटा दूतले सपनामा तिनीकहाँ देखा परेर यसो भने, "दावीदको पुत्र योसेफ, मरियमलाई तिम्री पत्नीको रूपमा घर लैजान नडराऊ। किनकि जो तिनको गर्भमा हुनुहुन्छ, उहाँ पवित्र आत्माबाट हुनुहुन्छ। तिनले एउटा पुत्र जन्माउनेछिन्, र तिमीले उहाँको नाम येशू राख्नू। किनकि उहाँले आफ्ना मानिसहरूलाई तिनीहरूका पापबाट उद्धार गर्नुहुनेछ।"
पिलातस न्याय आसनमाथि बसिरहेका बेला तिनकी पत्नीले तिनलाई यो समाचार पठाइन्: "यस निर्दोष मानिसलाई केही नगर्नुहोस्, किनकि आज राति मैले सपनामा तिनको कारण धेरै कष्ट भोगेकी छु।"
जब याहवेहले निर्वासितहरूलाई सियोनमा फर्काएर ल्याउनुभयो,
यो त सपनाजस्तो थियो।
Sabedoria sobre sonhos
A Bíblia ensina discernimento: nem todo sonho vem de Deus. Devemos entregar nossos planos ao Senhor e confiar na direção dele.
तिमीले गर्ने जुनसुकै कुरा याहवेहलाई सुम्पिदेऊ,
र उहाँले तिम्रा योजनाहरू सफल पार्नुहुनेछ।
मानिसका हृदयमा धेरै योजनाहरू हुन्छन्,
तर अन्ततः याहवेहकै उद्देश्य पूरा हुन्छ।
यदि तिमीहरूमध्ये कोही अगमवक्ता वा स्वप्नदर्शी निस्केर कुनै अचम्मको चिन्ह वा अद्भुत कार्यको घोषणा गर्छ भने, अनि यदि त्यसले भनेका कुराहरू, अलौकिक चिन्ह वा अद्भुत कार्य साँचो भयो भने त्यस अगमवक्ताले यसो भन्छ, "हामी अरू देवी-देवताहरूका पछि लागौँ, (तिमीहरूले नजानेका देवी-देवताहरू) र तिनीहरूलाई पूजौँ," तिमीहरूले त्यस अगमवक्ता अथवा स्वप्नदर्शीका कुरा नसुन्नू। किनकि उहाँलाई तिमीहरूका सारा हृदयले, सारा प्राणले प्रेम गर्छौ कि गर्दैनौ भनेर याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई जाँच गरिरहनुभएको हुनेछ। याहवेह तिमीहरूका परमेश्वरलाई तिमीहरूले पछ्याउनू। अनि तिमीहरूले उहाँकै आदर गर्नू; उहाँका आज्ञाहरू पालन गर्नू र आज्ञाकारी हुनू; उहाँकै सेवा गर्नू। अनि उहाँमा विश्वासयोग्य भइरहनू।
"मेरो नाममा झूटो अगमवाणी गर्ने अगमवक्ताहरूले भनेको कुरा मैले सुनेको छु। तिनीहरू भन्दछन्, ‘मैले सपना देखेको छु! मैले सपना देखेको छु!’ यो कहिलेसम्म झूटा अगमवक्ताहरूका हृदयमा रहला, जसले आफ्नो मनका भ्रामक कुराबाट अगमवाणी गर्छन्?
हेर, म झूटो सपनाको अगमवाणी गर्ने अगमवक्ताहरूको विरुद्धमा छु," याहवेह घोषणा गर्नुहुन्छ। "तिनीहरूले तिनीहरूका झूटा अगमवाणीहरू भन्दछन् र आफ्ना अहङ्कारी झूटा कुराहरूद्वारा मेरा मानिसहरूलाई बहकाइदिन्छन्। तर मैले तिनीहरूलाई पठाएको अथवा नियुक्त गरेकै होइनँ। तिनीहरूले यी मानिसहरूलाई कुनै फाइदा पुर्याउँदैनन्," याहवेह घोषणा गर्नुहुन्छ।
जसरी धेरै चिन्ता हुँदा सपना आउँदछ;
त्यसरी नै धेरै शब्दहरू मूर्खका बोली हुन्छन्।
धेरै सपना देख्नु र धेरै कुरा गर्नु अर्थहीन छन्। त्यसकारण परमेश्वरको भय मान।