Valioso
Cada ser humano é precioso aos olhos de Deus. As Escrituras revelam que fomos criados à imagem divina, resgatados por alto preço e chamados para um propósito eterno.
O valor que Deus nos dá
Nosso valor não vem de conquistas ou aparências, mas do fato de sermos amados pelo Criador. Deus cuida até dos passarinhos — quanto mais de nós!
के एक पैसामा दुई भँगेरा बिक्दैनन्? तापनि तीमध्ये तिमीहरूका पिताको इच्छाविना एउटा पनि भुइँमा खस्दैन। तिमीहरूका शिरका कपालसमेत गन्ती भइसकेका छन्। यसकारण नडराओ; तिमीहरू धेरै भँगेराहरूभन्दा बढी मूल्यवान् छौ।
मानिस भेडाभन्दा कति मूल्यवान् हुन्छ! यसकारण शब्बाथ दिनमा असल गर्नु उचित हुन्छ।"
के दुई पैसामा पाँच वटा भँगेरा बिक्दैनन् र? तापनि तीमध्ये एउटै पनि परमेश्वरद्वारा बिर्सिइएको हुँदैन। वास्तवमा तिमीहरूका शिरका कपालसमेत गन्ती भइसकेका छन्। नडराओ, तिमीहरू धेरै भँगेराहरूभन्दा बढी मूल्यवान् छौ।
आकाशका चराहरूलाई हेर: तिनीहरू न त छर्दछन्, न कटनी गर्दछन्, न त भकारीमा बटुल्दछन्; तरै पनि तिनीहरूलाई तिमीहरूका स्वर्गीय पिताले खुवाउनुहुन्छ। तिमीहरू तिनीहरूभन्दा धेरै मूल्यवान् छैनौ र?
Preciosos aos olhos de Deus
O Senhor declara que somos preciosos e valiosos aos seus olhos. Ele nos chama de propriedade exclusiva e nos reveste de glória.
मेरो दृष्टिमा तँ बहुमूल्य र आदरणीय छस्;
अनि मैले तँलाई प्रेम गरेको कारणले
म मानिसहरूलाई तेरो सट्टामा र राष्ट्रहरूलाई
तेरो जीवनको सट्टामा दिनेछु।
अब यदि तिमीहरूले मैले भनेको कुरा सुन्यौ, र मेरा करारहरू पूर्ण पालन गर्यौ भने सबै जातिमध्ये तिमीहरू मेरा निज धन हुनेछौ। सारा पृथ्वी मेरै हुन्।
"प्रकाशमान् हो, उठ्; किनकि तेरो ज्योति आएको छ,
र याहवेहको महिमा तँमाथि उदाएको छ।
O verdadeiro valor
A Bíblia nos ensina que a fé, a integridade e o caráter são mais valiosos que ouro ou prata. O que tem valor eterno transcende o material.
किनकि ख्रीष्ट येशूमा विश्वास गर्नेहरूलाई खतना होस् वा बेखतना, कुनै मूल्य छैन; तर प्रेमद्वारा व्यक्त गरिने विश्वासको मात्र मूल्य छ।
प्रेम र विश्वासयोग्यताले तिमीलाई कहिल्यै नछोडून्,
ती तिमीले आफ्नो गलामा बाँधिराख,
ती तिमीले आफ्नो हृदयको पाटीमा लेखिराख।
तब तिमीले परमेश्वर र मानिसहरूको दृष्टिमा
निगाह र असल नाम कमाउनेछौ।
धर्मीको जिब्रो निखुर चाँदी हो;
तर दुष्टको हृदय भने केही मूल्यको हुँदैन।
पदहरू एकरोस्टिक कविता हुन्, जसका पदहरू हिब्रू वर्णमालाका क्रमिक अक्षरहरूबाट सुरु हुन्छ। असल चरित्र भएकी पत्नी कसले पाउन सक्छ?
तिनी त माणिकहरूभन्दा बहुमूल्यकी हुन्छिन्।
तथापि मेरो आफ्नै जीवनको महत्त्व मलाई छैन। मेरो एउटै लक्ष्य दौड पूरा गर्नु हो, परमेश्वरको अनुग्रहको सुसमाचारको साक्षी दिने सेवकाइ हो, जुन प्रभु येशूद्वारा मलाई सुम्पिइएको छ।