Vaso
A metáfora do vaso é uma das mais belas da Bíblia. Assim como o oleiro molda o barro, Deus nos forma segundo seus propósitos, fazendo de nós vasos úteis para sua glória.
Nas mãos do oleiro
Deus é o Oleiro e nós somos o barro. Ele tem autoridade e sabedoria para nos moldar conforme sua vontade perfeita, e não devemos questionar sua obra.
तापनि हे याहवेह, तपाईं हाम्रा पिता हुनुहुन्छ।
हामी माटो हौँ र तपाईं कुमाले हुनुहुन्छ;
हामी सबै तपाईंकै हातका काम हौँ।
यर्मियाकहाँ आएको याहवेहको वचन यही हो: "तल कुमालेको घरमा जा, र त्यहाँ म तँलाई मेरो सन्देश दिनेछु।" यसकारण म कुमालेको घरमा गएँ; अनि मैले उसलाई आफ्नो चक्कामा काम गरिरहेको देखेँ। तर उसले बनाइरहेको भाँडा, उसको हातमा बिग्रियो; यसकारण त्यस कुमालेले त्यसबाट आफूलाई मन लागेअनुसार फेरि त्यस्तै अर्को भाँडा बनायो।
तब याहवेहको वचन मकहाँ आयो। उहाँले भन्नुभयो, "हे इस्राएलको घराना, यस कुमालेले माटोलाई गरेझैँ के म तँलाई गर्न सक्दिनँ र?" याहवेह घोषणा गर्नुहुन्छ। "सुन्, कुमालेको हातमा भएको माटोझैँ तँ इस्राएल पनि मेरो हातमा छस्; मलाई जे गर्न मन लाग्छ, तँसँग त्यस्तै गर्न सक्छु।
तर हे मानिस, परमेश्वरसँग प्रश्न गर्ने तिमी को हौ? "बनाइएको वस्तुले आफूलाई बनाउनेलाई नै ‘तपाईंले मलाई किन यस्तो बनाउनुभयो?’ " भनेर भन्छ र? के कुमालेलाई एउटै माटोको ढिकाबाट कुनै भाँडो विशेष कामको निम्ति र कुनैचाहिँ सामान्य कामको निम्ति बनाउने अधिकार हुँदैन र?
"धिक्कार त्यसलाई, जसले आफ्नो सृष्टिकर्तासित झगडा गर्छ!
त्यो पनि भुइँमा भएका
माटोका खपटाहरूमध्ये एउटा खपटा मात्र हो।
के माटोले कुमालेलाई
‘तैँले के बनाउँदैछस्’ भनी सोध्छ?
के तेरो कामले
‘त्यसको हातै छैन’ भनी भन्छ?
कुमालेलाई माटो सरह ठानेर
तिमीहरू कुराहरू उल्टापुल्टा पार्छौ!
के बनिएको चीजले आफूलाई बनाउनेलाई
"उसले मलाई बनाएको होइन" भन्छ?
के भाँडाले कुमालेलाई,
"त्यसले केही जान्दैन" भन्न सक्छ?
Vasos para honra
O cristão é chamado a ser um vaso de honra, purificado e preparado para toda boa obra. Nosso valor está em quem nos formou e no que carregamos.
एउटा सम्पन्न घरमा सुन र चाँदीका भाँडाहरू मात्र हुँदैनन्, तर काठ र माटाका पनि हुन्छन्; कुनै भाँडो विशेष कामको निम्ति र कुनैचाहिँ सामान्य कामको निम्ति प्रयोग गरिन्छ। यदि कुनै मानिसले आफूलाई यस्ता आदरहीन कामहरूबाट शुद्ध राख्दछ भने त्यो आदरका कामहरूका निम्ति एउटा पात्र बन्नेछ; अनि त्यो अलग गरिएको, र मालिकको निम्ति उपयोगी र हरेक असल काम गर्नमा तत्पर हुनेछ।
तर यो सबैभन्दा ठूलो शक्ति हामीबाट होइन, तर परमेश्वरबाट हो भनी देखाउन हामीसित यो धनसम्पत्ति माटोका भाँडामा छ।
सियोनका बहुमूल्य छोराहरू,
जो एक पटक सुन जत्तिकै उत्कृष्ट थिए,
तर अहिले तिनीहरू कुमालेका हातले बनेका
माटाका भाँडा समान गनिएका छन्!
Moldados pela graça
Mesmo quando nos sentimos frágeis e imperfeitos, o poder de Deus se aperfeiçoa em nossa fraqueza. Ele nos restaura e nos renova continuamente.
"तपाईंका आफ्नै हातले मलाई आकार दिनुभयो, र मलाई बनाउनुभयो।
के अब तपाईं आफैँले मलाई नाश गर्नुहुन्छ त?
सम्झना गर्नुहोस्, तपाईंले नै मलाई माटोबाट रच्नुभयो;
के अब तपाईंले मलाई फेरि धुलोमै पठाउनुहुन्छ?
माटोको भाँडोमा चाँदीको जलप लगाएजस्तै,
दुष्ट हृदयका जोशिला ओठ हुन्छन्।
हे गोठालाहरू हो, रोओ, विलाप गर;
हे बगालका अगुवाहरू हो, धुलोमा लडीबुडी गर।
किनकि तिमीहरूको मारिने समय आएको छ;
तिमीहरू असल भेडा ढलेझैँ ढल्नेछौ,