13 के ख्रीष्ट विभाजित हुनुभएको छ र? के पावल तिमीहरूका लागि क्रूसमा टाँगिएको थियो र? के तिमीहरूले पावलको नाममा बप्तिस्मा लिएका थियौ र? 14 म परमेश्वरलाई धन्यवाद दिन्छु, किनकि मैले तिमीहरूमध्ये क्रिस्पस र गायसलाई बाहेक अरू कसैलाई पनि बप्तिस्मा दिइनँ। 15 यसकारण तिमीहरू कसैले पनि मेरो नाममा बप्तिस्मा लिएको हो भनी भन्न सक्दैनौ। 16 हो, मैले स्तिफनसको परिवारलाई चाहिँ बप्तिस्मा दिएको हुँ, त्यसबाहेक अरू कसैलाई पनि मैले बप्तिस्मा दिएको मलाई थाहा छैन। 17 किनकि ख्रीष्टले मलाई बप्तिस्मा दिनलाई होइन, तर सुसमाचार प्रचार गर्नलाई पठाउनुभएको हो, जुनचाहिँ मानवीय बुद्धिका शब्दहरूमा होइन, नत्रता ख्रीष्टको क्रूसको शक्ति व्यर्थ हुनेछ।
Publicidade
1 कोरिन्थी 1
Estes versículos te tocaram? Ore agora!
+581 estão orando agora.
Junte-se à corrente de oração.