आत्म-अनुशासनको आवश्यकता
24 दौडमा भाग लिने सबै दौडन्छन्, तर पुरस्कारचाहिँ एउटैले मात्र पाउँछ, के तिमीहरू जान्दैनौ? त्यसैले पुरस्कार पाउनसक्ने तरिकाले दौड। 25 हरेक जो खेलमा भाग लिन्छन्, कठोर तालिममा भएर जान्छन्। तिनीहरूले नाश भएर जाने मुकुट पाउनका निम्ति यी सबै गर्छन्। तर हामी त सदा रहिरहने मुकुट पाउनका निम्ति यसो गर्दछौँ। 26 यसकारण म पनि लक्ष्य नराखी दगुर्दिनँ; म हावामा मुक्का हान्दिनँ। 27 तर म आफ्नो शरीरलाई अधीनमा राख्छु, र यसलाई म आफ्नो सेवक बनाउँछु; नत्रता अरूलाई प्रचार गरेर म आफैँचाहिँ पुरस्कार पाउन अयोग्य ठहरिन्छु।