8 यदि हामीमा पाप छैन भनी हामी दाबी गर्छौँ भने हामीले आफूलाई धोका दिन्छौँ र हामीमा सत्यता हुँदैन। 9 यदि हामीले आफ्ना पापहरू स्वीकार गर्यौँ भने हाम्रा पापहरू क्षमा गरिदिन उहाँ विश्वासयोग्य र धर्मी हुनुहुन्छ; अनि हामीलाई सबै अधर्मबाट शुद्ध पार्नुहुन्छ।