जीवित आशाको निम्ति परमेश्वरको स्तुति
3 हाम्रा प्रभु येशू ख्रीष्टका पिता र परमेश्वरलाई स्तुति होस्! उहाँको अपार कृपामा येशू ख्रीष्टको मृत्युबाट पुनरुत्थानद्वारा जीवित आशामा हामीलाई नयाँ जन्म दिनुभएको छ। 4 अनि कहिल्यै नाश नहुने, नबिग्रने वा लोप नहुने उत्तराधिकार दिनुभएको छ। यो उत्तराधिकार तिमीहरूका लागि स्वर्गमा राखिएको छ;