10 किनकि पवित्र धर्मशास्त्रमा लेखिएको छ:
"जसले जीवनलाई प्रेम गर्न
र असल दिन देख्न चाहन्छ,
तिनले आफ्ना जिब्रोलाई खराबीबाट
र आफ्ना ओठहरूलाई छलका बोलीबाट बचाउनुपर्दछ।
11 तिनले दुष्टताबाट फर्केर भलाइ गर्नुपर्दछ,
तिनले शान्ति खोजी गर्नुपर्दछ, र त्यसलाई पछ्याउनुपर्दछ।