सोलोमनको बुद्धि
29 परमेश्वरले सोलोमनलाई बुद्धि र अति महान् अन्तर्दृष्टि अनि समुद्रको किनारमा भएको बालुवासरह नाप्न नसकिने समझशक्ति दिनुभयो। 30 सोलोमनको बुद्धि पूर्वका सारा मानिसहरू र इजिप्टका सम्पूर्ण जनहरूको बुद्धिभन्दा महान् थियो। 31 तिनी एज्री एतान र माहोलका छोराहरू हेमान, कलकोल, दर्दा र सबै मानिसहरूभन्दा बढी बुद्धिमान् थिए। तिनको ख्याति चारैतिरका राष्ट्रहरूमा फिँजियो। 32 तिनले तीन हजार हितोपदेशहरू बोले, र तिनले एक हजार पाँच वटा गीतहरू लेखे।