11 यसकारण तिनले यिशैलाई सोधे, "के तपाईंका छोराहरू यति मात्रै हुन्?"
यिशैले जवाफ दिए, "अझै कान्छो पनि छ, तर त्यो त खेतमा भेडा चराउँदैछ।"
शमूएलले भने, "त्यसलाई बोलाउन पठाउनुहोस्; त्यो नआएसम्म हामी खान बस्नेछैनौँ।"
12 यसकारण यिशैले त्यसलाई बोलाएर ल्याए। तिनी स्वस्थ, राता-राता गाला र चम्किला आँखा भएका आकर्षक युवक थिए।
तब याहवेहले भन्नुभयो, "उठ् र त्यसलाई अभिषेक गर्; किनकि त्यो व्यक्ति यही हो।"
13 यसकारण शमूएलले सिङमा भएको तेल लिएर दावीदलाई तिनका दाजुहरूको उपस्थितिमा अभिषेक गरे; अनि त्यस दिनदेखि याहवेहको आत्मा दावीदमाथि शक्तिशाली रूपमा आउनुभयो। त्यसपछि शमूएल रामामा गए।