Pular para o conteúdo
Publicidade

इयोब 14

1 "स्त्रीको कोखबाट जन्मेको मरणशील मानिसको

आयु छोटो र दुःख-पीडाले भरिएको हुन्छ।

2 तिनीहरू फूलझैँ फक्रन्छन्, र ओइलाइहाल्छन्;

हराइजाने छायाजस्तै तिनीहरू रहिरहँदैनन्।

3 के तपाईंले त्यस्ता प्राणीहरूमा आफ्नो दृष्‍टि राख्नुहुन्छ?

के तपाईंले मलाई न्यायको लागि आफ्नो सामु ल्याउनुहुन्छ?

4 अशुद्ध वस्तुबाट कसले शुद्ध वस्तु बनाउन सक्छ र?

कसैले पनि सक्दैन!

5 हरेक व्यक्तिका दिनहरू निर्धारित छन्;

तपाईंले त्यसका महिनाहरूको संख्या तोकिदिनुभएको छ

र त्यसले पार गर्न नसक्ने सीमा राखिदिनुभएको छ।

6 यसकारण ज्यालादार मजदुरले जस्तै आफ्नो समय पूरा नगरेसम्म,

त्यसबाट आफ्नो दृष्‍टि टाढा राख्नुहोस् र त्यसलाई एकलै रहन दिनुहोस्।

7 "किनकि रूखको समेत पनि आशा हुन्छ:

त्यो काटेर ढालिए तापनि त्यो फेरि पलाउनेछ,

र त्यसका नयाँ टुसाहरू निक्लन छोड्नेछैन।

8 त्यसका जराहरू जमिनमै छिप्पिए पनि

र त्यसको ठुटो माटोमा सुके तापनि

9 पानीको गन्ध पायो भने त्यसमा फेरि पालुवा लाग्न थाल्छ,

र नयाँ बोटबिरुवामा जस्तै त्यसमा टुसा उम्रन्छ।

10 तर मानिस मरेपछि मेटिएर जान्छ;

जब उसले अन्तिम सास फेर्छ, र त्यसपछि त्यो कहाँ रहन्छ?

11 तालको पानी सुकेजस्तै,

अथवा खोलानदी सुकेर सुक्खा भएजस्तै हुन्छ,

12 त्यसरी नै मानिस मर्छ, र फेरि उठ्दैन;

जबसम्म आकाशहरू टलेर जाँदैनन्, मानिसहरू बिउँझनेछैनन्,

अथवा तिनीहरू निद्राबाट फेरि उठ्नेछैनन्।

13 "यदि तपाईंले मलाई चिहानमा लुकाइदिनुभएको भए त,

अनि तपाईंको रिस नमरेसम्म मलाई लुकाउनुभएको भए त हुनेथियो!

यदि तपाईंले, मेरो समयको सीमा तोकिदिनुभएको भए त,

अनि मलाई फेरि सम्झनुभएको भए हुनेथियो!

14 कोही मरेपछि फेरि जीवित हुन्छ र?

मेरो कठिन परिश्रम जतिसुकै लामो भए तापनि

मेरो नवीकरणको14:14 अथवा स्वतन्त्रता निम्ति म प्रतीक्षा गर्नेछु।

15 तपाईंले बोलाउनुहुनेछ, र म तपाईंलाई जवाफ दिनेछु;

तपाईं आफ्नो हातले बनाउनुभएको प्राणीलाई हेर्न उत्सुक हुनुहुनेछ।

16 तब निश्‍चय नै तपाईंले मेरा पाइलाहरू गन्‍नु हुनेछ,

तर मेरो पापको हिसाबचाहिँ राख्नुहुनेछैन।

17 मेरा अपराधहरूलाई एउटा थैलीमा लाहाछाप लगाएर राख्नुहुनेछ;

तपाईंले मेरो पाप ढाकिदिनुहुनेछ।

18 "तर पर्वतहरू बिस्तारै खिइएर खसेझैँ

र चट्टान त्यसको ठाउँबाट हटेर गएझैँ,

19 पानीले ढुङ्गाहरू खियाएर लगेझैँ,

र भलबाढीले माटो बगाएर लगेझैँ,

त्यसरी नै तपाईंले मानिसको आशा नष्‍ट पारिदिनुहुन्छ।

20 तपाईंले तिनीहरूलाई एकै पटकमा सधैँको निम्ति जित्नुहुन्छ,

र तिनीहरू समाप्‍त भएर जान्छन्;

तपाईंले तिनीहरूको स्वरूपलाई कुरूप बनाइदिनुहुन्छ

र तिनीहरूलाई टाढा पठाइदिनुहुन्छ।

21 तिनीहरूका सन्तानहरूले सम्मान पाए तापनि तिनीहरूले त्यो थाहा पाउँदैनन्;

यदि तिनीहरूका सन्तानहरू होच्याइए तापनि तिनीहरूले त्यो देख्दैनन्।

22 तिनीहरूले आफ्नै शरीरको पीडा मात्र महसुस गर्छन्,

र आफ्नै लागि मात्र विलाप गर्छन्।"

Estes versículos te tocaram? Ore agora!

+581 estão orando agora.

Junte-se à corrente de oração.