Publicidade

Jó 26

इयोबको संवाद

1 तब इयोबले जवाफ दिए:

2 "तपाईंले शक्तिहीनहरूलाई कसरी सहायता गर्नुभयो!

तपाईंले कमजोर पाखुरालाई कसरी बचाउनुभयो!

3 बुद्धिहीन मानिसलाई तपाईंले कस्तो सल्‍लाह दिनुभयो!

अनि तपाईंले कस्तो महान् अन्तर्ज्ञान देखाउनुभयो!

4 तपाईंलाई कसले यी शब्दहरू उच्‍चारण गर्न सघाए?

अनि तपाईंको मुखबाट कसको आत्मा बोल्यो?

5 "मरेकाहरू र पानीमुनि रहेकाहरू र त्यहाँ बास गर्नेहरू

सबै गहिरो वेदनामा छन्।

6 मृत-लोक परमेश्‍वरको सामु नाङ्गो छ;

र विनाश छर्लङ्गै भएको छ।

7 परमेश्‍वरले उत्तरको आकाशलाई रित्तो अन्तरिक्षमा फैलाउनुहुन्छ;

उहाँले पृथ्वीलाई शून्यतामा झुण्ड्याउनुहुन्छ।

8 उहाँले पानीलाई आफ्नो बादलमा बेह्रेर राख्नुहुन्छ;

तापनि त्यसको गह्रुँङ्गो भारले गर्दा बादल फुट्दैन।

9 उहाँले आफ्नो बादल फिँजाएर

पूर्णिमाको चन्द्रमाको मुहारलाई ढाक्नुहुन्छ।

10 उज्यालो र अँध्यारोको बीचको सिमाना तोक्न

उहाँले समुद्रको सतहमा क्षितिजलाई चिन्ह बनाउनुभएको छ।

11 उहाँको हप्कीमा आकाशका

खम्बाहरू त्रासले काँप्छन्।

12 उहाँले आफ्नो शक्तिद्वारा समुद्रलाई मन्थन गर्नुभयो;

उहाँले आफ्नो बुद्धिद्वारा राहाबलाई टुक्रा-टुक्रा पार्नुभयो।

13 उहाँको सासद्वारा आकाश स्वच्छ भयो;

बेगले भाग्दै गरेको सर्पलाई उहाँको हातले छेड्नुभयो।

14 यी सबै त उहाँका कामहरूको एक झलक मात्र हुन्;

हामी उहाँका कामको कानेखुसी मात्र सुन्छौँ!

त्यसो भए उहाँको शक्तिको गर्जन कसले बुझ्न सक्छ र?"

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-18_14-04-22-