Publicidade

Jó 25

बिल्ददको संवाद

1 तब बिल्दद शुहीले जवाफ दिए:

2 "प्रभुत्व र श्रद्धा परमेश्‍वरकै हुन्;

उहाँले आकाशको उचाइमा शान्ति स्थापना गर्नुहुन्छ।

3 के उहाँका सेनाहरूलाई गन्‍न सकिन्छ?

उहाँको ज्योति कसमाथि पर्दैन र?

4 त्यसो भए कसरी मरणशील मानिस परमेश्‍वरको अगि धर्मी हुन सक्छ?

स्त्रीबाट जन्मने कसरी शुद्ध हुन सक्छ र?

5 उहाँको दृष्‍टिमा त चन्द्रमा पनि चहकिलो छैन,

र ताराहरू पनि शुद्ध छैनन् भने,

6 मरणशील मानिस त झन् कति अशुद्ध होला, जो एउटा चुर्ना मात्र हो—

परमेश्‍वरको दृष्‍टिमा मानिस जाति किरा मात्रै हो!"

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-18_14-04-22-