17 मण्डलीको असल रेखदेख गर्ने प्रधानहरूलाई आदरको पारिश्रमिक दिइनुपर्छ,5:17 मूल भाषामा, दोबर ज्याला अथवा दोबर आदरका योग्य खासगरी तिनीहरू, जो प्रचार गर्ने र शिक्षा दिने काम गर्दछन्। 18 किनकि पवित्र धर्मशास्त्रले भन्छ, "अन्नबाली दाइँ गर्दा गोरुको मुखमा मोहोलो नलगाउनू,"5:18 व्यव 25:4 र "खेताला आफ्नो ज्यालाको योग्य हुन्छ।"5:18 लूका 10:7
Publicidade