पुनरुत्थानको आशा
13 हे दाजुभाइ-दिदीबहिनीहरू हो, मरिसकेका4:13 मूल भाषामा सुतेकाहरू विश्वासीहरूका विषयमा तिमीहरू अजान बस भन्ने हामी चाहँदैनौँ; किनकि अरू आशा नभएकाहरूले गरेझैँ तिमीहरूले शोक नगर। 14 किनकि हामी विश्वास गर्दछौँ, कि येशू मर्नुभयो र फेरि जीवित हुनुभयो। त्यसरी नै परमेश्वरले उहाँमा मरेकाहरूलाई पनि येशूद्वारा जीवित पार्नुहुनेछ।