23 के तिनीहरू ख्रीष्टका सेवकहरू हुन्? म त झन् बढी हुँ (म पागलझैँ बोलिरहेको छु)। मैले अझ कठोर परिश्रम गरेको छु, म झन् घरी-घरी कैदमा परेको छु, झन् बढी कोर्राले पिटिएको छु, र बारम्बार मृत्युको मुखमा परेको छु। 24 पाँचपल्ट मैले यहूदीहरूबाट एक कम चालीस कोर्रा खाएको छु। 25 तीनपल्ट म लहुरोले पिटिएको छु; एकपल्ट ढुङ्गाले हानिएको छु, तीनपल्ट जहाजको दुर्घटनामा परेको छु; मैले एक रात एक दिन समुद्रमा नै बिताएको छु। 26 म लगातार यात्रामा अगि बढिरहेको छु। म नदीहरूको जोखिममा परेँ, डाँकुहरूका जोखिममा, आफ्नै देशवासीहरूका जोखिममा, गैरयहूदीहरूका जोखिममा, सहरको जोखिममा, बिरानो भूमिको जोखिममा, समुद्रको जोखिममा र झूटा भाइहरूको जोखिममा परेको छु। 27 मैले कठोर परिश्रम गरेको छु; म रातभरि नसुती बसेको छु; मैले भोक र तिर्खा जानेको छु, र धेरैपल्ट भोकै बसेको छु; मैले चिसो भोगेको छु र लुगाफाटाको अभावमा पनि बसेको छु। 28 यीबाहेक दिनहुँ सबै मण्डलीहरूको चिन्ताले थिचिएको हुन्छु। 29 को कमजोर छैन, र म कमजोर महसुस नगरूँ? कोही पापमा पर्दा मचाहिँ व्याकुल हुँदिनँ र?
30 यदि मैले गर्व गर्नुपर्छ भने म मेरा कमजोरी देखाउने कुराहरूमा गर्व गर्नेछु।