विश्वास नगर्नेहरूसित एउटै जुवामा ननारिओ
14 ख्रीष्टमा विश्वास नगर्नेहरूसित एउटै जुवामा ननारिओ। किनकि धार्मिकता र दुष्टताको के समानता छ र? अथवा ज्योतिको अन्धकारसित के सङ्गति हुन्छ र? 15 ख्रीष्ट र शैतानको6:15 मूल भाषामा बिलिआल के मेल हुन्छ र? विश्वास गर्ने र नगर्नेहरूसित के समानता हुन्छ र?