विश्वास नगर्नेहरूसित एउटै जुवामा ननारिओ
14 ख्रीष्टमा विश्वास नगर्नेहरूसित एउटै जुवामा ननारिओ। किनकि धार्मिकता र दुष्टताको के समानता छ र? अथवा ज्योतिको अन्धकारसित के सङ्गति हुन्छ र? 15 ख्रीष्ट र शैतानको6:15 मूल भाषामा बिलिआल के मेल हुन्छ र? विश्वास गर्ने र नगर्नेहरूसित के समानता हुन्छ र? 16 परमेश्वरको मन्दिर र मूर्तिबीच के सम्बन्ध हुन्छ र? किनकि हामी जीवित परमेश्वरका मन्दिर हौँ। जसरी परमेश्वरले भन्नुभएको छ:
"म तिनीहरूसँग बस्नेछु,
र तिनीहरूसित हिँड्डुल गर्नेछु;
अनि म तिनीहरूका परमेश्वर हुनेछु,
र तिनीहरू मेरा प्रजा हुनेछन्।"6:16 लेवी 26:12; यर्मिया 32:38; इज 37:27
17 यसकारण,
"तिनीहरूका बीचबाट निस्किआओ;
अनि अलग होओ,
प्रभु भन्नुहुन्छ।
अशुद्ध थोक नछोओ,
र म तिमीहरूलाई ग्रहण गर्नेछु।"6:17 यशै 52:11; इज 20:34, 41