6 यो याद राख: थोरै छर्नेले थोरै कटनी गर्नेछ, तर प्रशस्ततासाथ छर्नेले प्रशस्ततासाथ कटनी गर्नेछ। 7 प्रत्येक मानिसले आफ्नो हृदयमा प्रतिज्ञा गरेअनुसार देओस्, चित्त दुःखाउँदै होइन, अथवा करकापमा परेर होइन; किनकि खुशीसाथ दिनेलाई परमेश्वरले प्रेम गर्नुहुन्छ। 8 परमेश्वरले तिमीहरूलाई प्रशस्त आशिष् दिनुहुन्छ, ताकि तिमीहरूसित सधैँ हरेक थोक प्रशस्त होस्; अनि प्रत्येक असल कामका निम्ति तिमीहरू भरपूर होओ। 9 जसरी धर्मशास्त्रमा लेखिएको छ:
"तिनीहरूले गरिबहरूलाई उदारतापूर्वक दान दिएका छन्;
तिनीहरूका धार्मिकता सदासर्वदा रहिरहन्छ।"9:9 भजन 112:9
10 अब जसले बिउ छर्नेलाई बिउ दिनुहुन्छ, र खानलाई रोटी पनि दिनुहुन्छ, उहाँले नै तिमीहरूलाई बिउको भण्डार दिएर त्यसको वृद्धि गराउनुहुनेछ, र तिमीहरूका धार्मिकताको फसल बढाइदिनुहुनेछ। 11 हर समय उदार हुन सक भनेर तिमीहरू प्रत्येक कुरामा धनी तुल्याइनेछौ, र हामीद्वारा तिमीहरूको उदारताले परमेश्वरलाई चढाउन धन्यवाद उत्पन्न गराउनेछ।
12 तिमीहरूले गरेको यो सेवा प्रभुका जनहरूको खाँचो टार्ने मात्र होइन, तर परमेश्वरलाई धन्यवादका प्रशस्त अभिव्यक्ति चढाउने कुरा हुन्छ।