10 यसकारण हे मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरू आफ्नो बोलावट र छनौटलाई निश्चित गर्न उत्सुक बन; किनकि तिमीहरूले यी कुरा गर्यौ भने तिमीहरू कहिल्यै पापमा पर्नेछैनौ; 11 अनि तिमीहरूले हाम्रा प्रभु र मुक्तिदाता येशू ख्रीष्टको अनन्त राज्यमा भव्य स्वागत पाउनेछौ।