3 सबैभन्दा पहिले तिमीहरूले बुझ्नुपर्दछ, कि अन्त्यका दिनहरूमा खिसी गर्नेहरू आउनेछन्; तिनीहरूले खिसी गर्नेछन्, र आफ्नै दुष्ट विचारहरूलाई पछ्याउनेछन्। 4 अनि तिनीहरूले भन्नेछन्, "उहाँले प्रतिज्ञा गरेअनुसार ‘आगमन’ खोइ त? हाम्रा पितापुर्खाहरू मरेको समयदेखि यता सृष्टिको सुरुबाट चलिआएका कुराहरू यथावत् नै चलिरहेका छन्।" 5 परमेश्वरका वचनद्वारा स्वर्गको अस्तित्व हुन आयो, र पृथ्वी पानीबाट र पानीसित निर्माण भयो भनेर तिनीहरूले जान्दाजान्दै पनि यस विषयमा अनजान रहन चाहन्छन्। 6 अनि त्यही पानीले नै त्यस बेलाको पृथ्वी जलामय भयो र नाश पारियो भनेर बिर्सन्छन्। 7 त्यही वचनद्वारा वर्तमानका स्वर्ग र पृथ्वी न्यायको दिन र ईश्वरहीन मानिसहरूको विनाशका लागि जम्मा पारेर आगोको निम्ति जोगाएर राखिएका छन्।