8 मेरा प्रिय मित्रहरू हो, यो एउटा कुरा नबिर्स: परमेश्वरका निम्ति एक दिन हजार वर्षजस्तो, र हजार वर्षचाहिँ एक दिनजस्तो हो। 9 केही मानिसले ढिलापनको विषयमा सोचेझैँ, प्रभु आफ्ना प्रतिज्ञा पूरा गर्न ढिलो गर्नुहुन्न। उहाँ हामीतर्फ धैर्यवान् हुनुहुन्छ, तर कोही पनि नाश भएको चाहनुहुन्न; तर प्रत्येकले पश्चात्ताप गरून् भन्ने चाहनुहुन्छ।
10 तर प्रभुको दिन चोरझैँ आउनेछ। गर्जनसहित स्वर्ग लुप्त हुनेछ, तत्वहरू आगोद्वारा नाश हुनेछन्, पृथ्वी र त्यसमा भएका सबै कुराहरू खरानी पारिनेछन्।
11 यसरी सबै कुराहरू नाश भएर जाने हुनाले तिमीहरू कस्ता किसिमका मानिसहरू हुनुपर्ने हो त? तिमीहरूले पवित्र र ईश्वरीय जीवन बिताउनुपर्छ। 12 जब तिमीहरूले परमेश्वरका दिनलाई पर्खंदैछौ, र त्यो दिन नजिक आएको चाहन्छौ; जुन दिनले आगोद्वारा स्वर्गको नाश ल्याउनेछ, र तत्वहरू तापमा पग्लिनेछन्। 13 तर हामी उहाँको प्रतिज्ञाअनुसार नयाँ स्वर्ग र नयाँ पृथ्वी पर्खंदैछौँ, जो धार्मिकताको घर हो।