6 यसकारण त्यस बेला राजा योराम सामरियाबाट निस्के, र तिनले सबै इस्राएललाई भेला गरे। 7 तिनले यहूदाका राजा यहोशापातकहाँ पनि यसरी खबर पठाए: "मोआबका राजाले मेरो विरुद्धमा विद्रोह गरेका छन्। के तपाईं मलाई मोआबको विरुद्धमा लडाइँ गर्नसाथ दिनुहुन्छ?"
तिनले जवाफ दिए, "म तपाईंसित जानेछु। म तपाईंजस्तै हुँ। मेरा मानिसहरू तपाईंका मानिसहरूजस्तै, मेरा घोडाहरू तपाईंका घोडाहरूजस्तै हुन्।"