15 तिमीले बालककालदेखि नै पवित्र धर्मशास्त्र जानेका छौ, जसले ख्रीष्ट येशूमा भएको विश्वासद्वारा पाइने मुक्तिमा डोर्याउने ज्ञान दिन सक्षम् छ। 16 सम्पूर्ण पवित्र धर्मशास्त्र परमेश्वरको सास-फुकाइबाट3:16 सास-फुकाइ जसले परमेश्वरको आत्माद्वारा प्रेरणा भएको भन्ने अर्थ दिन्छ। हो, र यो सिकाउन, हप्काउन, सच्याउन र धार्मिकताको तालिम दिनलाई उपयोगी हुन्छ। 17 जसद्वारा परमेश्वरको जन हरेक सुकर्मको लागि निपुण भएर सिद्ध भएको होस्।
Publicidade