पावलले म्यासिडोनियाको मानिसको दर्शन पाएका
6 एशियामा वचन प्रचार गर्न पवित्र आत्माले रोक्नुभएकोले पावल र उनका सङ्गीहरू फ्रिगिया र गलातियाका क्षेत्रहरूमा गए। 7 जब तिनीहरू माइसियाको सिमानामा आइपुगे, तब तिनीहरू बिथिनिया जाने प्रयास गरे; तर येशूको आत्माले तिनीहरूलाई त्यसतर्फ जान अनुमति दिनुभएन।