2 पावल सधैँजसो त्यस सभाघरमा गए, र तीन हप्तासम्म हरेक शब्बाथको दिनमा तिनले पवित्रशास्त्रका वचनहरूको सत्यता बताए। 3 ख्रीष्टले कष्ट भोग्नैपर्थ्यो, र मरेकाहरूबाट उठेर जीवित हुनैपर्थ्यो भन्ने कुराको प्रमाण दिँदै वर्णन गरे। तिनले भने, "तपाईंहरूका सामु मैले घोषणा गरेको उहाँ येशू नै ख्रीष्ट हुनुहुन्छ।"
Publicidade