Pular para o conteúdo
Publicidade

प्रेरितहरू 18:12-17

12 गलियोन अखैयाका शासक भएको समयमा कोरिन्थका यहूदीहरूले संयुक्त रूपमा पावलमाथि आक्रमण गरे, र उनलाई अदालतसमक्ष ल्याए। 13 उनलाई तिनीहरूले यस्तो आरोप लगाए, "यो मानिसले हाम्रो व्यवस्थाका विरुद्ध परमेश्‍वरको आराधना गर्न यहाँका मानिसहरूलाई उक्साइरहेको छ।"

14 जब पावल बोल्नै लागेका थिए, गलियोनले तिनीहरूलाई भने, "यदि तिमी यहूदीहरू कुनै किसिमको गम्भीर अपराध वा दुर्व्यवहारका बारेमा असन्तोष प्रकट गर्दैछौ भने तिमीहरूका कुरा सुन्‍न मलाई न्यायोचित हुनेछ। 15 तर यो त वचनहरू, नामहरू र तिमीहरूका आफ्नै व्यवस्थाका बारेमा प्रश्नहरू भएकाले यो विवाद तिमीहरू आफैँले मिलाउनू; मचाहिँ यस्ता कुराहरूमा न्याय गर्दिनँ।" 16 तसर्थ उनले तिनीहरूलाई अदालतबाट लखेटिदिए। 17 अनि भीड सभाघरका शासक सोस्थेनेसमाथि जाईलागे र तिनलाई अदालतमै कुट्न थाले। तर गलियोनले कुनै चासो देखाएनन्।

Estes versículos te tocaram? Ore agora!

+581 estão orando agora.

Junte-se à corrente de oração.