22 "हे इस्राएलका मानिसहरू हो, यो कुरा राम्रोसँग बुझ्नुहोस्: नासरतका येशू यस्तो मानिस हुनुहुन्थ्यो, जसलाई परमेश्वरले तपाईंहरूका सामु अचम्मका कामहरू, अद्भुत कार्यहरू र अलौकिक चिन्हहरूद्वारा प्रमाणित गर्नुभयो, जुन तपाईंहरू सबैले जान्नुभएकै कुरा हो। यी कामहरू परमेश्वरले उहाँद्वारा तपाईंहरूका बीचमा गराउनुभएको हो।