38 पत्रुसले जवाफ दिए, "तपाईंहरूले गरेका पाप क्षमाका निम्ति पश्चात्ताप गर्नुहोस्, र येशू ख्रीष्टको नाममा तपाईंहरू हरेकले बप्तिस्मा लिनुहोस्। त्यसपछि तपाईंहरूले पवित्र आत्माको वरदान प्राप्त गर्नुहुनेछ। 39 किनकि परमेश्वरले यो प्रतिज्ञा तपाईंहरूका निम्ति, र तपाईंका सन्तानका निम्ति र टाढा-टाढा बस्नेहरूका निम्ति गर्नुभएको हो। ती सबैका निम्ति, जसलाई प्रभु हाम्रा परमेश्वरले बोलाउनुहुन्छ।"
Publicidade