41 तिनका अर्ती मान्नेहरू सबैले बप्तिस्मा पाए, र त्यस दिन करिब तीन हजार जति मानिसहरू तिनीहरूका संख्यामा थपिए।
दाजुभाइ-दिदीबहिनीहरूको सङ्गति
42 तिनीहरूले प्रेरितहरूका शिक्षा, सङ्गति, रोटी भाँच्ने काम र प्रार्थनामा आफूलाई भक्तिसाथ लगाइराखे। 43 प्रेरितहरूद्वारा धेरै अद्भुत कार्यहरू र अलौकिक चिन्हहरू गरिएको देखेर सबै भयभीत भए। 44 सबै विश्वासीहरू एकैसाथ बस्थे, र सबै थोक तिनीहरूमा साझा थिए। 45 आफ्ना सम्पत्ति र मालमत्ताहरू बेचेर जसलाई खाँचो पर्थ्यो, त्यसलाई तिनीहरूले दिन्थे। 46 तिनीहरू हरेक दिन मन्दिरका आँगनहरूमा एकसाथ भेट्ने गर्थे। अनि घर-घरमा रोटी भाँच्दै एकैसाथ शुद्ध हृदयले आनन्दसाथ खान्थे। 47 अनि परमेश्वरको प्रशंसा गर्दै, र सबै मानिसहरूको स्नेह पाउँदै बस्थे। तिनीहरूका संख्यामा परमेश्वरले उद्धार पाउनेहरूलाई दिनदिनै थप्दै जानुहुन्थ्यो।