42 तब परमेश्वर तिनीहरूबाट विमुख हुनुभयो र आकाशका तारामण्डलको पूजा आराधना गर्न तिनीहरूलाई छोडिदिनुभयो, जस्तो अगमवक्ताहरूको पुस्तकमा लेखिएको छ:
" ‘हे इस्राएलका घराना हो, उजाडस्थानमा चालीस वर्षसम्म
के तिमीहरूले मेरा निम्ति बलिदानहरू र भेटीहरू चढायौ?
43 मोलेखको पाल र तिमीहरूको देवता
रेफनको तारा र आफूले आराधना गर्न
तिमीहरूले बनाएको मूर्ति तिमीहरूले उठाइलग्यौ।
त्यसैले म तिमीहरूलाई बेबिलोनभन्दा टाढा निर्वासनमा पठाउनेछु।’7:43 आमोस 5:25-27