18 प्रेरितहरूले हात राख्दा पवित्र आत्मा पाएको जब सिमोनले देख्यो, तब उसले तिनीहरूलाई पैसा दिन खोज्यो। 19 अनि भन्यो, "मलाई पनि यस्तै गर्न सक्ने अधिकार दिनुहोस्, मैले पनि जसमाथि हात राखूँला, त्यसले पवित्र आत्मा प्राप्त गरोस्!"
20 यो सुनेर पत्रुसले जवाफ दिए: "तिमीसँगै तिम्रो धनसम्पत्ति पनि नाश होस्; किनकि धनसम्पत्तिबाट परमेश्वरको वरदान तिमी किन्न सक्छौ भनी तिमीले सोचेका छौ!