32 ती नपुंसक पवित्रशास्त्रको यो अंश पढिरहेका थिए:
"उहाँलाई मारिन लगिएको थुमाझैँ लगियो,
जसरी थुमा ऊन कत्रनेको सामु चुप लागेर बस्छ,
त्यसरी नै उहाँले पनि आफ्नो मुख खोल्नुभएन।
33 उहाँको अपमानित अवस्थामा उहाँ न्यायबाट वञ्चित हुनुभयो।
उहाँका पुस्ताको कसले वर्णन गर्न सक्छ?
किनकि उहाँको जीवन पृथ्वीबाट हटाइयो।"8:33 यशै 53:7, 8
34 नपुंसकले फिलिपलाई सोधे, "कृपया मलाई भन्नुहोस्, अगमवक्ता कसका बारेमा कुरा गर्दैछन्, आफ्नै बारेमा वा अरू कसैको बारेमा?" 35 त्यसपछि फिलिपले पवित्रशास्त्रको त्यही पदबाट सुरु गर्दै तिनलाई येशूको बारेमा सुसमाचार सुनाए।