36 तिनीहरू बाटोमा जाँदै गर्दा केही पानी भएको ठाउँमा आइपुगे; अनि नपुंसकले भने, "हेर्नुहोस्, यहाँ पानी रहेछ, मेरो बप्तिस्मा किन यहीँ गरिदिनुहुन्न?"
37 फिलिपले भने, "यदि सारा हृदयले नै विश्वास गर्नुहुन्छ भने तपाईंले बप्तिस्मा लिन सक्नुहुन्छ।"
तिनले जवाफ दिए, "येशू ख्रीष्ट नै परमेश्वरका पुत्र हुनुहुन्छ भनी म विश्वास गर्दछु।8:37 केही प्राचीन पा.लि.हरूमा यो पद पाइँदैन।" 38 अनि तिनले रथ रोक्न हुकुम दिए; अनि फिलिप र ती नपुंसक दुवै पानीभित्र पसे, र फिलिपले तिनलाई बप्तिस्मा दिए।