5 फिलिप सामरियाको एउटा सहरमा पुगे, र त्यहाँ ख्रीष्टको प्रचार गर्न थाले। 6 जब भीडले फिलिपको मुखबाट निस्केका वाणीहरू सुने, अनि तिनले गरेका अलौकिक चिन्हहरू देखे, तब ती सबैले तिनले बोलेका वचनहरूमा निकै ध्यान दिए। 7 धेरैबाट अशुद्ध आत्माहरू चिच्याउँदै बाहिर निस्के। अनि धेरै पक्षघात भएका रोगीहरू र लङ्गडाहरू निको पारिए। 8 यसरी त्यस सहरमा ठूलो आनन्द छायो।