25 यसकारण झूटलाई त्यागेर तिमीहरू प्रत्येकले आफ्ना छिमेकीसँग सत्य बोल्नुपर्छ; किनकि हामी सबै एउटै शरीरका अङ्गहरू हौँ। 26 "रिसाओ, तर पाप नगर!"4:26 भजन 4:4 घाम अस्ताउनु अगि नै तिमीहरूको रिस मरोस्, 27 र शैतानलाई कुनै मौका नदेओ! 28 चोरी गर्नेले अब उसो चोरी नगरोस्, तर काम गरोस्; आफ्नै हातले केही फाइदाजनक काम गर्दै खाँचोमा परेकाहरूसँग बाँडचुँड गर्नलाई तिनीहरूसँग केही कुरा होस्।
29 तिमीहरूको मुखबाट कुनै नराम्रो बोली ननिस्कोस्, तर अरूहरूको आवश्यक उन्नतिमा सहायता पुग्ने र सुन्नेहरूलाई अनुग्रह मिल्ने बोली मात्र बोल।