3 शान्तिको बन्धनद्वारा आत्माको एकता राख्नलाई हर प्रयत्न गर। 4 एउटै शरीर छ, र एउटै आत्मा हुनुहुन्छ, जसरी तिमीहरूको बोलावट हुँदा एउटै आशामा बोलाइएका थियौ। 5 एउटै प्रभु, एउटै विश्वास र एउटै बप्तिस्मा, 6 एउटै परमेश्वर र सबैका पिता, जो सबैमाथि, सबैका माध्यमद्वारा र तिमीहरू सबैमा हुनुहुन्छ।
Publicidade